Logo

२०८३, आश्विन ९गते


images
images

शिक्षक-कर्मचारी सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि केरवानीलाइ

शिक्षक-कर्मचारी सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि केरवानीलाइ

images
  • शिक्षक-कर्मचारी सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि केरवानीलाइ
    images
    images

    देवदह l प्रथम देवदह नगरस्तरीय अन्तर सामुदायिक विद्यालय शिक्षक-कर्मचारी सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि केरवानी माध्यमिक विद्यालयले हात परेको  छ । जनप्रिय माध्यमिक विद्यालयले  आयोजना गरेको प्रतियोगिताको फाइनल खेलमा केरवानी माविले सिता माध्यमिक विद्यालय चरंगेलाई १ का विरुद्ध २ गोलले पराजित गर्दै उपाधि हात पारेको हो ।

    images
    images
    images

    फाइनल खेलको पहिलो हाफमा केरवानी माविका विवेक पाण्डेले पहिलो गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । सिता माध्यमिक विद्यालयले पहिलो हाफमा गोल गर्न असफल रह्यो । दोस्रो हाफमा सिता माविका पुरुषोत्तम ज्ञवालीले एक गोल गर्दै खेललाई बराबरीमा ल्याए । तर, लामो समयसम्म बराबरी अवस्था टिक्न सकेन । दोस्रो हाफमा केरवानीका गोकर्ण गैरेले अर्को गोल गर्दै टिमलाई पुनः अग्रता दिलाए ।

    images
    images
    images

    खेलको बाँकी समयमा सिता माविले थप गोल गर्न नसकेपछि गैरेको गोल नै निर्णायक बन्दै केरवानीले उपाधि चुम्न सफल भयो।

    images
    images
    images

    प्रतियोगितामा विजेता बनेको केरवानी माविले नगद रु १०,००० सहित शिल्ड, मेडल र प्रमाणपत्र, उपविजेता सिता माविले नगद रु ७,००० सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

    यसअघि देवदह प्रेस क्लब र जनप्रिय माध्यमिक विद्यालयका शिक्षकहरूबीच भएको मैत्रीपूर्ण खेलमा देवदह प्रेस क्लब विजयी भयो। क्लबले जनप्रिय माविका शिक्षकहरूलाई १ का विरुद्ध ३ गोलले पराजित गर्दै जित हात पारेको हो। पहिलो हाफमा एक गोलले अग्रता  कायम गरेपनी दोश्रो हाफमा आफ्नो अग्रतालाइ बचाइ राख्न नस्कदा जनप्रियले प्रेस क्लव विरुद्धको हार व्यवहोर्नुपर्यो !

    प्रतियोगितामा विजयी विद्यालय तथा खेलाडिलाइ प्रमुख अतिथी प्रदेशसभा सदस्य अब्दुल रज्जाकले सिल्ड तथा प्रमाणपत्र प्रदान गरे ।

    WhatsApp Image 2025-01-08 at 18.23.27_0f40b5dd.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।