Logo

२०८३, आश्विन १०गते


images
images

नेप्सेमा सामान्य अंकको सुधार, कारोबार कति ?

नेप्सेमा सामान्य अंकको सुधार, कारोबार कति ?

images
  • नेप्सेमा सामान्य अंकको सुधार, कारोबार कति ?
    images
    images

    काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सामान्य अंकको सुधार भएको छ । आज नेप्से ५.३२ अंकले बढेर २५९१.५६ विन्दुमा पुगेको छ । 

    images
    images
    images

    आज नेप्से ०.२० प्रतिशतले बढ्दा ४ अर्ब ८६ करोड २ लाख रुपैयाँ बराबरको ९३ लाख ८६ हजार ७२१ कित्ता शेयर कारोबार भएको छ ।

    images
    images
    images

    आज १४१ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ९४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ८ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

    images
    images
    images

    आज ३२७ वटा कम्पनी कारोबारमा आउँदा ६१ हजार १६७ पटक शेयर किनबेच भएको छ ।

    आज १३ वटा समूहमध्ये ८ वटा समूह बढेको छ भने बाँकी ५ वटा समूह घटेको छ ।

    आइतबार सबैभन्दा बढी हाइड्रोपावर समूह १.६७ प्रतिशतले बढेको छ भने सबैभन्दा कम विकास बैंक समूह ०.०२ प्रतिशतले बढेको छ ।
    आज सबैभन्दा बढी फाइनान्स समूह १.०४ प्रतिशतले घटेको छ भने सबैभन्दा कम लघुवित्त समूह ०.१४ प्रतिशतले घटेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।