Logo

२०८३, कार्तिक २७गते


images
images

प्रचण्डको प्रश्न : भ्रष्टाचारविरुद्ध जसरी जानुपर्ने हो त्यसरी गइरहेका छौं त ?

प्रचण्डको प्रश्न : भ्रष्टाचारविरुद्ध जसरी जानुपर्ने हो त्यसरी गइरहेका छौं त ?

images
  • प्रचण्डको प्रश्न : भ्रष्टाचारविरुद्ध जसरी जानुपर्ने हो त्यसरी गइरहेका छौं त ?
    फाइल फोटो
    images

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार विरुद्ध सबै एक हुनुपर्ने बताएका छन् ।

    images
    images
    images

    शुक्रबार नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको नवनिर्वाचित कार्यसमितिको पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचार नियन्त्रणका लागि राष्ट्रिय एकता आवश्यक रहेको बताए ।

    images
    images
    images

    ‘जहाँ भ्रष्टाचार भएको, समाजले मानेको छ । गम्भीर ढंगले सदनमा प्रश्नहरू उठेका छन् । जनताले हेर्न चाहेको छ त्यहाँ हामी इमानदारिताका साथ त्यसको अनुसन्धानमा लाग्न जरुरी छ’ उनले भने । यसको निम्ति राजनीतिक दलहरूका बीचमा सहमति र एकता हुन आवश्यक रहेको उनले बताए ।

    images
    images

    ‘नियत र निष्ठा कसको के हो भन्ने कुरा बढी महत्वपूर्ण हुने रहेछ’ प्रचण्डले भनेका छन्, ‘हामी के साँच्चै सुशासनको पक्षमा इमानदारिताका साथ भ्रष्टाचारको विरुद्ध जसरी जानुपर्ने हो त्यसरी गएका छौं त ? नेपाली जनताले राजनीतिक दलहरूबाट, सरकारबाट त्यो महसुस गरेको छ त ?’

    यसमा गम्भीर प्रश्न रहेको अध्यक्ष प्रचण्डले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रचण्ड
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।