Logo

२०८३, कार्तिक २७गते


images
images

लुम्बिनी इन्टिग्रेटेड एकेडेमीमा विद्यार्थी ओरिन्टेसन कार्यक्रम सम्पन्न

लुम्बिनी इन्टिग्रेटेड एकेडेमीमा विद्यार्थी ओरिन्टेसन कार्यक्रम सम्पन्न

images
  • लुम्बिनी इन्टिग्रेटेड एकेडेमीमा विद्यार्थी ओरिन्टेसन कार्यक्रम सम्पन्न
    images

    बुटवल । लुम्बिनी इन्टिग्रेटेड एकेडेमीले आफ्नो पहिलो वार्षिकोत्सव तथा द्य।ब्।ीी।द्य र  द्य।क्अ। ँयचभकतचथ प्रथम बर्षमा भर्ना भएका विद्यार्थीहरुको ओरिन्टेसन कार्यक््रmम उच्च अदालत तुलसीपुर, बुटवल इजलासका मुख्य भई काम गर्ने माननीय न्यायाधीस श्री राजेश्वर तिवारीको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको छ ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि उच्च अदालत तुलसीपुर, बुटवल इजलासका मुख्य भई काम गर्ने माननीय न्यायाधीस श्री राजेश्वर तिवारीले न्यायालय जनताको अधिकार रक्षा गर्ने संस्था भएको बताउनु भएको छ । राज्यले जनताको अधिकार खुम्च्याउन खोज्दा पनि न्यायालयले रक्षा गरेको सन्दर्भहरुको चर्चा गर्दै मूलुकमा कानुन र संविधानको राम्रो अध्ययन गर्न सक्ने जनशक्ति आवश्यकता रहेकोे हुनाले कानून अध्ययन गर्ने विद्यार्थीहरुको भविष्य उज्ज्वल रहेको जिकिर गर्नुभयो । आजका विद्यार्थी भविष्यमा कर्णधार भएकोले विद्यार्थीहरुले सदैव सकारात्मक आलोचनात्मक चेतको विकास गरि राम्रो कामको प्रोत्साहन तथा सर्मथन र नराम्रो कामको बिरोध गर्न सक्ने क्षमताको विकास गर्न विद्यार्थीहरुलाई आग्रह गर्नुभयो । 

    images
    images
    images

    कार्यक्रमका विषेश अतिथि एवम् वन वातावरण तथा जलवायु परिवर्तन विज्ञ डा. पुपलर जेण्टलले वन नेपालको ठूलो स्रोत भएको हुनाले संरक्षण सहित उपभोग पनि गर्दै जानुपर्ने बताए । डा. जेण्टलले नेपालमा वार्षिक ९.१ मिलियन क्युबिक फिट काठ संरक्षण सहित नै उत्पादन हुने क्षमता भएको र अहिले बजारमा वार्षिक ४.५ मिलियन क्युबिक फिटमात्र माग रहेको तथ्यांक प्रस्तुत गरे ।

    images
    images

    पूर्वाञ्चल विश्वविद्यालय केन्द्रीय क्याम्पस प्रमुख महेश निरौलाले समयानुकुल विश्वविद्यालयको पाठ्यक््रmम परिवर्तन गरिरहेको बताए । कार्यक््रmममा वरिष्ठ अधिवक्ता लीलाधर मरासिनी, धनजैशि शर्मा, नेपाल कानुन व्यवसायी परिषद्का सदस्य अधिवक्ता श्री बाबुराम पाण्डे, उच्च  अदालत बुटवल बार एसोसियसनका अध्यक्ष अधिवक्ता गोविन्द मरासिनि, जैविक विविधता विज्ञ दामोदर शर्मा, तिलोत्तमा वार्ड नं. ३ का अध्यक्ष श्री कल्याण पौडेल लगायत व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । 

    एकेडेमीका कानुन विभागका प्रमुख अधिवक्ता मदन पुन र वनविज्ञान संकायका प्रमुख सम्मान न्यौपानेले आ–आफ्नो संकायको बारेमा प्रकाश पारेका थिए । एकेडेमीले उत्कृष्ट विद्यार्थी तथा कर्मचारीहरुलाई सम्मान गरेको छ ।

    कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुतिहरु गरेका थिए भने एकेडेमीका म्यानेजिङ डाइरेक्टर पुरन केसीको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत प्रकाश अधिकारीको स्वागत र एकेडेमिक कोअर्डिनेटर रामचन्द्र श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लुम्बिनि इन्टिग्रेटेड एकेडेमी ५ बर्षे द्य।ब्।ीी।द्य तथा लुम्बिनि प्रदेशमा वन विज्ञान ९द्य।क्अ। ँयचभकतचथ० अध्यापन हुने एक मात्र कलेज हो । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।