Logo

२०८३, कार्तिक २६गते


images
images

पि.एल सिंहको निधनले देशलाई ठूलो क्षति पुगेको छः सभापति देउवा

पि.एल सिंहको निधनले देशलाई ठूलो क्षति पुगेको छः सभापति देउवा

images
  • पि.एल सिंहको निधनले देशलाई ठूलो क्षति पुगेको छः सभापति देउवा
    images

    काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंका महानगरपालिकाका पूर्वमेयर पि.एल सिंहको निधनले देशलाई ठूलो क्षति पुगेको बताएका छन्।

    images
    images
    images

    शनिवार काठमाडौंमा पि.एल सिंहको १३ औं दिनको पुण्य तिथिमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले सिंह कहिल्यै नथाक्ने र सधैँ सक्रिय हुने व्यक्ति रहेको बताए।

    images
    images
    images

    स्व. सिंहले काठमाडौंवासीको सेवा महत्वका साथ समर्पित भएर गरेकाे देउवाकाे भनाइ थियाे। उनले भने, ‘उहाँले गणेशमानजीको बलिदानलाई मात्रै होइन, काठमाडौंवासीहरुको सेवा पनि उहाँले महत्वका साथ समर्पित भएर गर्नुभयो। मेहनती र लोकप्रिय भएर नेपाली कांग्रेसको काठमाडौं महानगरपालिकाको मेयरमा उहाँले मात्रै जित्नुभयो। अहिलेसम्म हामीले अरुले जितेको छैन।’

    images
    images

    जनताप्रति उत्तरदायी भएकाले नै स्व. सिंह आँखामा नबिझाउने व्यक्ति रहेको उल्लेख गर्दै उनले सिंहकाे निधनले राष्ट्रका लागि नै अपूरणीय क्षति भएकाे बताए।

    उनले भने, ‘उहाँको जति बखान गरेपनि कम हुन्छ। उहाँ आँखामा नबिझाउने व्यक्ति हुनुहुन्थ्यो। पार्टीका लागि अपूरणीय क्षति भएको छ। राष्ट्रका लागि नै अपूरणीय क्षति भएको छ। त्यसको क्षतिपूर्ति हामी गर्न सक्दैनौँ। तर पनि उहाँले देखाएको बाटोमा हिँड्नसके उहाँप्रति सच्चा श्रद्धाञ्जली हुनेछ। उहाँको बाटोमा हिँड्दा पार्टीलाई अझ लोकप्रिय बनाउन मद्दत पुग्नेछ।’

    श्रद्धाञ्जली सभामा नेपाली कांग्रेसका नेता एवं उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौं महानगरलाई यत्तिको बनाउन स्व. सिंहले खेलेकाे भूमिका अविष्मरणीय रहेको बताए।

    स्व. सिंह नेपाल–भारत सम्बन्धलाई थप मजबुत बनाउने व्यक्ति रहेको पनि उनकाे भनाइ थियाे।

    सभामा बोल्दै कांग्रेस सांसद एवं स्वास्थ्य तथा जनासंख्यामन्त्री प्रदीप पौडेलले राजनीतिमा प्राप्त उपलब्धिलाई स्व. सिंहले राम्रोसँग नेतृत्व गरेकाे भन्दै उनको स्मरण गर्दै भने, ‘अब राजनीतिमा कति प्राप्त हुन्छ त्यो एउटा विषय हो। प्राप्त भएको अवसरलाई कति सफलतापूर्वक निर्वाह गरिन्छ, त्यो सफलता हो भन्ने लाग्छ । त्यसबाट हेर्दा वेदाग पिएल दाईले प्राप्त अवसरलाई राम्रोसँग नेतृत्व गरेर जानुभयो। त्यसअर्थमा पिएल दाई आफैँमा एउटा स्वच्छ छवि भएको इमान्दार र निष्ठावान हुनुहुन्थ्यो।’

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सभापति देउवा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।