Logo

२०८३, कार्तिक २६गते


images
images

पार्टीलाई गठबन्धन नै गर्न नपर्ने गरी जिताउन सभापति देउवाको आग्रह  

पार्टीलाई गठबन्धन नै गर्न नपर्ने गरी जिताउन सभापति देउवाको आग्रह  

images
  • पार्टीलाई गठबन्धन नै गर्न नपर्ने गरी जिताउन सभापति देउवाको आग्रह  
    images

    राजेश पराजुली, पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीलाई बलियो बनाए गठबन्धन गर्नै नपर्ने बताएका छन् । पोखरामा मंगलबार भएको कास्की कांग्रेसको सम्मेलनलाई संवोधन गर्दै देउवाले पार्टीलाई गठबन्धन नै गर्न नपर्ने गरी जिताउन आग्रह गरेका हुन् ।

    images
    images
    images

    सम्मेलनमा केन्द्रीय सदस्य प्रदीप पौडेल, गुरु बराललगायतले गठबन्धनका कारण पार्टीका इमान्दार नेता कार्यकर्तालाई अन्याय भएको बताएपछि देउवाले सत्ताका लागि पनि गठबन्धन गर्नैपर्ने अवस्था रहेको बताए ।

    images
    images
    images

    ‘नेपालको संविधानअनुसार कुनै पनि पार्टीको बहुमत आउन सक्दैन । बहुमत नआउने भएपछि गठबन्धन गर्नैपर्ने हुन्छ । गठबन्धन गरेर जाँदाखेरि समस्याहरु छन्, हाम्रो पार्टीमा,’ देउवाले भने, ‘गठबन्धन नगरी जित्ने पार्टी बनाउनुस् न ! गठबन्धन गर्नै पर्दैन नि पार्टी बलियो भए त । तर, गर्ने के ? पार्टीले जित्नुप¥यो नि ।’

    images
    images

    सत्तामा जानका लागि पनि गठबन्धन गर्नुपर्ने अवस्था रहेको देउवाको भनाइ थियो । ‘पहिले शेरबहादुरले बिगा¥यो, बिगा¥यो भने पछि लिएर आएपछि चाहिँ… सत्ता सबै हिसाबले आवश्यक छ । संसारभरि नै सत्ताका लागि मारामारी छ, चुनाव भइराखेको छ,’ देउवाले भने ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सभापति देउवा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।