देवदह । दाेस्राे देवदह मिडिया फेस्टिवल पाँचवुदे घाेषणापत्र जारी गर्दै सकिएकाे छ । देवदह प्रेस क्लबकाे आयाेजनामा पुस ११ र १२ गते देवदह सरहनबारीमा सञ्चालित फेस्टिवल शक्रबार समापन भएकाे हाे । फेस्टिवलमा नेपाली मिडिया बढ्दाे आर्थिक संकट घट्दाे विश्वसनीयता, सरहनकाे सिमी, आध्यात्मिक पर्यटन र बृहत्त लुम्बिनी, विकासकाे बाटाेमा देवदह कहाँ पुग्याे कहाँ चुक्याे र आम असन्तुष्टि र लाेकप्रियतावाद शीर्षकमा प्यानल डिस्कसन भएकाे थियाे । फेस्टिवलकाे अन्तिम दिन आम असन्तुष्टि र लाेकप्रियतावाद शीर्षकमा नेपाली काँग्रेस नेता मीन बहादुर बिश्वकर्मा, नेकपा एकिकृत समाजवादीका नेता राम कुमारी झाँक्री, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मनिष झा र लेखक तथा विश्लेषक डा.मिना पाैडेलले छलफल गरेका थिए ।
पाँच बुँदे घाेषणापत्र :
१) सञ्चार क्षेत्रलाई थप सशक्त बनाउँदै सञ्चार निति बनाउन देवदह नपालिकालाई आग्रह गर्ने ।
२)जैविक खेती विस्तार जैविक खेती विस्तार र बजारीकरणमा सघाउ पुग्नेगरी समाचार सम्प्रेषण गर्ने ।
३) दैवदहमा रहेका बाैद्धकालिन स्थलहरूकाे प्रचार प्रसारका लागि लेख रचना र समाचारकाे माध्यमबाट सहयाेग गर्ने ।
४)देवदहकाे समग्र विकास र सुशासनको लागि निरन्तर खबरदारी गर्ने ।
५) पर्यटन विशेष तेस्राे देवदह मिडिया फेस्टिवल देवदह भवानीपुरमा गर्ने ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology