रूपन्देही । कोरोना सङ्क्रमणका कारण चार महिना देखि बन्द विद्यालय खुल्न थालेका छन् । वैकल्पिक विधिबाट सञ्चालित कक्षा प्रभावकारी नभएपछि रूपन्देहीका स्थानीय तहले सुरक्षा सावधानी अपनाउँदै कक्षा सञ्चालन गर्ने नणिर्य गरेको हो । विद्यालयले भौतिक दूरी कायम गर्दै र सिफ्टमा पठनपाठन गर्न थालेका छन् ।
रूपन्देहीको देवदह नगरपालिकामा पनि विद्यालयहरूमा भौतिक उपस्थितिमा पठनपाठन सुरु भएपछि विद्यार्थीहरू उत्साहित बनेका छन् । नेपाल सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्ड पालना गरी विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालनमा ल्याएको केरवानी माध्यामिक विद्यालयका सहप्रधानाध्यापक हरि पाण्डेले बताए । विद्यालयमै उपस्थित भएर पढ्न पाएपछि विद्यार्थी खुसी भएको सहप्रधानाध्यापक बताउँछन् ।
देवदह स्थित केरवानी माविले भदौ २७ देखि विद्यालयमै कक्षा सञ्चालन गरेको छ । विद्यालय वरपर र शौचालयको सरसफाइ, शुद्ध खानेपानीको व्यवस्थापन, अभिभावक र विद्यार्थीहरूसँग आवश्यक समन्वय, शिक्षकहरू विद्यालय पुगेर शैक्षिक सामग्रीहरूको आवश्यक तयारी गरेर पठनपाठन थालेको पाण्डेले सेतोमसीलाइ बताए ।
यता देवदहकै युगज्योति माध्यमिक बिद्यालयले पनि भौतिक रुपमा पठनपाठन सुरु गरेको छ । विद्यालयका शिक्षक दुर्गालाल तिवारी अनुसार नगरपालिकाको निर्देशन अनुसार बिद्यार्थीलाइ बिहान ६ बजे देखि ११ बजे सम्म एउटा सिफ्ट र साढे ११ देखि ४ बजे सम्म गरि दुई सिफ्ट सञ्चालन गरेका छन् । तिवारीले भने हामीले बिद्धार्थी को तापक्र्प मापन साथै एउटा बेन्च मा दुइ बिद्धार्थी गरि राखेको छौ ।
विद्यार्थीहरू पुरा स्वास्थ मापदण्ड पालना गरि अध्ययन गर्दै छन् शिक्षक तिवारीले बिद्धर्थिको सिकेको लागि आवश्यक पर्ने सबै चिज बिद्धालय उपलब्ध गराएको सेतोमसीलाइ बताएका छन् ।

लामो समयदेखि कोरोना महामारीको कारण विद्यालय बन्द भएर अध्यापन गर्न नपाउँदा दुख लागेका भन्दै देवदहको युग ज्योति माध्यमिक विद्यालयका कक्षा ६ मा अध्ययनरत अनुज अधिकारीले विद्यालय सञ्चालनमा आएपछि खुशी भएको बताए ।
त्यस्तै, सुनवल नगरपालिका जनजगृत बिद्यालयकी सुशिला भण्डारीले पनि विद्यालयमा गएर पढ्न पाउँदा र साथीहरूसँग भेट्न पाउदा खुसी भएको बताइन । लामो समयदेखि विद्यालय बन्द हुँदा पढ्न नपाएर बसेका उनीहरु जस्ता विद्यार्थीहरू अहिले खुसि हुदै विद्यालय जान थालेका छन् ।
देवदह नगरपालिकाले भदौ २७ गतेबाट विद्यालयहरूमा तालिका बनाएर स्वास्थ्य मापदण्डको पालना गरि सञ्चालन गर्न निर्देशन दिएपछि नियमित रुपमा सबै कक्षाको पठनपाठन थालिएको हो ।
(सेतोमसीका लागि सहकर्मी रेशम अधिकारी र नवीन लुइँटेलले तयार पारेको रिपोर्ट)
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology