Logo

२०८३, श्रावण २७गते


images
images

सिक्टहन माविका विद्यार्थीलाई स्वीटर  वितरण

सिक्टहन माविका विद्यार्थीलाई स्वीटर  वितरण

images
  • सिक्टहन माविका विद्यार्थीलाई स्वीटर  वितरण
    images
    images

    देवदह ।  सिक्टहन माध्यमिक विद्यालय देवदह - १२ मा अध्यायनरत विद्यार्थीहरूलाई स्वीटर वितरण गरिएको छ।

    images
    images
    images

    आर्थिक बर्ष २०८१/८२ को वडा स्तरिय योजना अन्तर्गत विद्यार्थीहरुलाई स्वीटर वितरण गरिएको हो । 

    images
    images
    images

    शुक्रबार एक कार्यक्रमका बिच वडा कार्यालयका प्रनिनिधि, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि र शिक्षकहरुको रोहवरमा  कक्षा एकदेखि पाँच कक्षासम्मका १ सय ९९ जना विद्यार्थीहरुलाई स्वीटर (पोशाक) वितरण गरिएको वडा नं १२ का सचिव हरि प्रसाद भट्टराईले जानकारी दिए ।

    images
    images
    images

    सोही कार्यक्रममा बोल्दै वडा अध्यक्ष डेग बहादुर सारुले १२ वडा भित्र रहेका अन्य विद्यालयमा पनि स्विटरसहित विभिन्न शैक्षिक सामग्री वितरण गरिने बताए । अहिले चिसो मौसम भइसकेकाले पनि विद्यार्थीहरुलाई वितरण गरिएको स्वीटरले धेरै राहत पुग्ने तथा अभिभावकसमेत खुसी भएका वडा अध्यक्ष सारुले बताए।

    शिक्षिका जमुना कवरको स्वागत मन्तव्यसहित सुरु भएको कार्यक्रममा विद्यालयका अध्यक्ष हेमराज कवर, वडा सदस्य गोविन्द तेली, चिनक मल्लाहा, विन्दा पासी विद्यालयका शिक्षक लगाएतको उपस्थिती रहेको कार्यक्रमको सञ्चालन शिक्षक ग्रीस प्रसाद कवरले गरेका थिए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सिक्टहन मावि
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।