Logo

२०८३, श्रावण २७गते


images
images

सिक्टहन माविमा लागु औषध र वालविवाह सम्बन्धि सचेतना कार्यक्रम

सिक्टहन माविमा लागु औषध र वालविवाह सम्बन्धि सचेतना कार्यक्रम

images
  • सेतोमसी सहकर्मी
  • सिक्टहन माविमा लागु औषध र वालविवाह सम्बन्धि सचेतना कार्यक्रम
    images
    images

    देवदह । देवदह प्रहरी चौकीले लागु औषध र बालविवाह सम्बन्धि सचेतना अभियान शुरु गरेको छ । देवदह प्रहरी चौकीले अभियानलाई प्रत्येक विद्यालयमा पुर्याउने प्रहरी निरिक्षक एक्कबहादुर सुनारले बताए । 

    images
    images
    images

    लागु औषध र वालविवाह सम्वन्धी सचेतना अभियान देवदह नगरपालिका–१२, ढोलवजवामा रहेको सिक्टहन माध्यमिक विद्यालयबाट शुरुवात गरिएको छ । सिक्टहन माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ९ र १० का विद्यार्थीहरुलाई प्रहरी निरिक्षक सुनारले लागु औषध र वालविवाह सम्वन्धी प्रशिक्षण दिए ।   विद्यार्थीहरुलाई लागु औषध भनेको के हो ? यसले मानिसको शरिरलाई कसरी असर गर्छ र लागु औषध प्रयोगकर्ताहरुको लागि कानुनी प्रावधान के भन्ने विषयमा प्रशिक्षणमा प्रकाश पारिएको थियो । 

    images
    images
    images

    लागु औषधका कारण मृत्युवरण समेत गर्नुपर्ने भएकोले यस तर्फ विद्यार्थीहरु सचेत र सजग हुनुपर्ने उल्लेख गर्दै प्रहरी निरिक्षक सुनारले पछिल्लो समय १५ देखि १९ बर्ष सम्मका युवावुतीहरु लागु औषधमा फस्दै गएको बताउदै लागुऔषध न्यूनिकरण गर्ने उद्देश्यले अभियानको शुरुवात गरिएको बताए । 

    images
    images
    images

    सोही अवसरमा बोल्दै देवदह नगरपालिका–१२ का वडाअध्यक्ष डेगबहादुर सारुले लागुऔषधका कारण समाजमा अपराध सृजना हुने भएकोले लागुऔषध न्यूनिकरण गर्न सवै लाग्नु पर्नेमा जोड  दिए । उनले अपराध रहित समाज निर्माण गर्न जनप्रतिनिधि, नागरिक, प्रहरी प्रशासन वीच समन्वय र सहकार्य हुन आवश्यक रहेको औल्याए । सिक्हटन माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमराज कुवरको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दिनेश त्रिपाठी, शिक्षक दुधनाथ यादव लगायतको सहभागिता रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सिक्टहन मावि
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।