Logo

२०८३, श्रावण २७गते


images
images

एमसीसी खारेजीको माग गर्दै देवदहमा युवाहरूको प्रदर्शन 

एमसीसी खारेजीको माग गर्दै देवदहमा युवाहरूको प्रदर्शन 

images
  • एमसीसी खारेजीको माग गर्दै देवदहमा युवाहरूको प्रदर्शन 
    images
    images

    देवदह ।  मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध स्वतन्त्र युवा अभियान, देवदहले शनिबार विरोध प्रदर्शन गरेको छ । राष्ट्रियता, स्वतन्त्रता र स्वाधीनताको रक्षाको लागि राष्ट्रघाती एमसीसी पास गर्न नहुने भन्दै स्वतन्त्र युवा अभियानले खैरेनी चोकमा प्रदर्शन गरेका हुन । 

    images
    images
    images


    "एमसीसी हामीलाई चाहिदैन देश बेच्न पाइदैँन ।हाम्रो भुमि फिर्ता गर । गो व्याक एमसीसी ।एमसीसी मुर्दाबाद ।" लगायतका नारा सहित राष्ट्रिय झण्डा बोकेका युवाहरुको समुहले मोटरसाइकल ¥याली निकालेको हो । देवदह शितलनगरबाट सुरु भएको मोटरसाइकल ¥याली खैरेनी चोकमा पुगेर कोण सभामा परिणत भएको थियो । 

    images
    images
    images


    राष्ट्रघाती एमसीसी पास गराउन दिनु हुँदैन । त्यसले सम्पुर्ण नेपाली नागरिक दलको झण्डा भन्दा बाहिर आएर राष्ट्रियता र स्वाभिमानका लागि आन्दोलनमा सबै नागरिकहरु सडक सञ्जालमा उत्रिनु पर्ने स्वतन्त्र युवा अभियान देवदहले जनाएको छ । 

    images
    images
    images


    ¥याली पछिको कोण सभामा बोल्दै युवा रोहित वाग्लेले एमसीसी कुनै हालतमा पास हुन नदिने बताए । उनले एमसीसी किन र कसलाई भन्दै नेताहरुलाई प्रश्न समेत गरेका थिए । उनले एमसीसी किन राष्ट्रघाती छ भन्दै सविधानको धारा ७ दशमलब १ अनुरुप नेपालको सविधान र एमसीसी बाजिएमा एमसीसी सविधान भन्दा माथि हुने भनि उल्लेख गरिएको छ भन्दै पढेर सुनाएका थिए । 

     

    सयौँ युवाको बलिदानले बनेको देशलाई अरुले मोजमस्ती गर्न नदिने उल्लेख गर्दै वाग्लेले यदि एमसीसी विरुद्ध बोल्दा आफुले छातीमा गोली खान परे पनि आफु तयार रहेको बताए । देशमा विदेशी लम्पसारबादी शक्ति भित्रयाउन सघिय लोकतान्त्रीक गणतन्त्र नलाएको बताउदै उनले कुनै देशसगँ भिक मागेर आफनो देशको विकास कदापि हुन नसक्ने दाबी गरे । 


    त्यस्तै सभामा बिमल पन्थी, रोशन रैथाने मगर, अमृत बुढाथोकी मगर सागर थापा लगायतले बोल्दै एमसीसी राष्ट्रघाति सम्झौता भएको भन्दै यसको विरुद्ध सबै जनता सडकमा उत्रिनु पर्ने बताए । 


    उनीहरुले राष्ट्रघाती एमसीसी पास हुनु भन्दा अघि नै सबै जनताले विरोद्ध गरे नेताहरुमा नैतिक दबाब पर्ने भएकाले सडकमा आउन युवाहरुलाई आह्वान गरे । 


    उनीहरुले एमसीसी पास हुन नदिनु नै आफ्नो मुख्य भुमिका रहेको र यदि एमसीसी पास भए राजालाई जस्तै नेताहरु पनि देशनिकाला गर्ने चेतावनी दिए । यदि एमसीसी पास भए देशमा युद्ध भित्रिने र द्धन्द सिर्जना हुने उनीहरुको दाबी छ । उनिहरुले मोटरसाइकल ¥याली पहिलो चरणको कार्यक्रम भएकाले थप आन्दोलनका कार्यक्रमहरु पनि तय गर्दै जाने जानकारी दिए ।  


    बिहिबार मात्रै मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीकी उपाध्यक्ष फतिमा सुमार नेपालको चारदिने भ्रमणका लागि काठमाडौं आएकी छन । नेपाल भ्रमणमा रहेको फतिमा नेतृत्वको प्रतिनिधिमण्डलले बिहीबार एमाले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' जनता समाजबादी पार्टीका नेताहरु डा बाबुराम भट्टराई र उपेन्द्र यादव, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग बिहीबार नै भेटवार्ता गरिसकेकी छन । 


    त्यस्तै सुमारले शुक्रबार नै प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि भेटेर भेटवार्ता गरेकी छन ।  एमसीसी कै कारण नेपालको राजनितिमा र सत्ता गठबन्धनमा पनि खटपट सुरु भएको छ 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।