देवदह । रुपन्देहीको देवदहमा महिलाहरुका लागि ३ दिने सशक्तीकरण कार्यक्रम अन्तर्गत नेतृत्व विकास तालिम सुरु भएको छ। देवदह नगरपालिका वडा नं ७ को आयोजनामा उक्त तालिम सुरु भएको हो ।
वडा नं ७ मा रहेका २१ वटा टोलबाट १०५ जना महिलाहरु नेतृत्व विकास तालिममा सहभागि भएको वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारीले जान्कारी दिए ।
कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका उप प्रमुख विद्या लक्ष्मी गुरुङले समाज रुपान्तरणमा महिलाहरुको भूमिका उल्लेखनीय हुने बताइन् । बोल्ने कलाको विकासले महिलाहरु अगाडि बढ्न निकै सहयोग पुग्ने भएकाले सफल नेतृ बन्न तालिम सहयोगी हुने उनले विश्वास व्यक्त गरिन ।
तालिममा इन्दिरा अर्याल र बाल बालिकाको विषयमा खैरेनी प्रहरी चौकीका प्रहरी निरीक्षक एक्क बहादुर नेपालीले सहजिकरण गर्नेछन् ।
शुक्रबार देखी सुरु भएको तालिम आइतबार समापन हुने आयोजकले जनाएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology