Logo

२०८३, श्रावण २७गते


images
images

पल्लवी साकोसद्वारा छात्रवृत्ति वितरण

पल्लवी साकोसद्वारा छात्रवृत्ति वितरण

images
  • पल्लवी साकोसद्वारा छात्रवृत्ति वितरण
    images
    images

    देवदह । पल्लवी बचत तथा ऋण सहकारी संस्थाले पल्लवी छात्रवृत्ति अक्ष्यकोष अन्तर्गत शैक्षिक सामाग्री वितरण गरेको छ। शुक्रबार एक कार्यक्रमका बिच देवदह ६ सरनबारी स्थित कालिका आधारभूत विद्यालयमा सो कार्यक्रम भएको हो।

    images
    images
    images

    उक्त कार्यक्रमलाइ सम्बोधन गर्दै साकोसका अध्यक्ष तथा छात्रवृत्ति कोष संयोजक प्रमोद खनालले पल्लवी साकोसले तिहारको बेलामा खेलीने देउसी भैलोबाट संकलित रकम अक्षयकोषमा राखि प्राप्त व्याज रकमबाट हरेक वर्ष एउटा एउटा विद्यालयमा शैक्षिक सामाग्री वितरण गर्दै आएको जानकारी दिए। संस्थाले विभिन्न सामाजिक गतिविधि गर्दै आएको बताउदै अध्यक्ष खनालले उद्धमशिल र व्यावसायिक कृषि प्रणाली सुरु गर्न विभिन्न कृषि तालिम संचालन गर्दै आएको जानकारी दिए।

    images
    images
    images

    छात्रवृत्ति वितरण कार्यक्रममा कालिका आ वि का कक्षा नर्सरी देखी ५ सम्मका ५४ विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको संस्थाका वरिष्ठ सहायक सुवास पाण्डेले जानकारी दिए ।

    images
    images
    images

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धन बहादुर राना, विद्यालयका प्रधानाध्यापक तेज बहादुर अर्याल लगाएतले शुभकामना मन्तव्य राखेका थिए।

    पल्लवी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रमोद खनालको अध्यक्षता र व्यवस्थापक केशव आचार्यको सन्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पल्लवी साकोस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।