Logo

२०८३, आश्विन १०गते


images
images

नेप्से २७ सय विन्दु तल, ४० कम्पनीको सेयर मूल्य बढ्दा २०४ को घट्यो

नेप्से २७ सय विन्दु तल, ४० कम्पनीको सेयर मूल्य बढ्दा २०४ को घट्यो

images
  • नेप्से २७ सय विन्दु तल, ४० कम्पनीको सेयर मूल्य बढ्दा २०४ को घट्यो
    images
    images

    काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक बिहीबार घटेर बन्द भएको छ । बजार ३३.४२ अंकले घटेर २६८२.२९ विन्दुमा बन्द भएको हो ।

    images
    images
    images

    यस दिन कारोबारमा आएका १३ मध्ये उत्पादन तथा प्रशोधन र म्युचुअल फन्ड समूहको परिसूचक बढेको छ । बाँकी सबै समूहको परिसूचक घटेको छ ।

    images
    images
    images

    उत्पादन तथा प्रशोधन समूहको परिसूचक ०.३८ र म्युचुअल फन्ड समूहको परिसूचक ०.३९ प्रतिशतले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

    images
    images
    images

    सर्वाधिक परिसूचक घट्नेमा फाइनान्स समूह छ । यो समूहको परिसूचक २.६४ प्रतिशतले घटेको छ ।

    बिहीबार ६ अर्ब १४ करोड ४० लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । ४० कम्पनीको सेयर मूल्य बढेको छ । २०४ कम्पनीको सेयर मूल्य घटेको छ ।

    त्रिशूली जलविद्युत् कम्पनीको सेयर मूल्य ८.५५ प्रतिशतले वृद्धि भएको छ । जानकी फाइनान्सको सेयर मूल्य ९.९९ प्रतिशतले घटेको छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।