Logo

२०८३, आश्विन १०गते


images
images

रौतहटमा स्कारपियो दुर्घटना हुँदा ८ जनाको मृत्यु

रौतहटमा स्कारपियो दुर्घटना हुँदा ८ जनाको मृत्यु

images
  • रौतहटमा स्कारपियो दुर्घटना हुँदा ८ जनाको मृत्यु
    images
    images

    २५ मंसिर, काठमाडौं । रौतहटमा स्कारपियो गाडी दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् ।

    images
    images
    images

    पूर्वपश्चिम राजमार्गअन्तर्गत चन्द्रपुर नगरपालिका-४ धन्सार पुल नजिकैको जंगलमा निजगढबाट चपुरतर्फ आउँदै गरेको बा१६च ३१६२ नं.को स्कारपियो दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    दुर्घटनामा मृत्यु हुनेहरूमा सिरहाको अर्नमा गाउँपालिका-३ बंठियाटोलका ६० वर्षीया लरुवतीदेवी महरा सोही ठाउँकी ३० वर्षीया उर्मिला महरा, ५० वर्षीया रामकुमारी महरा, ५५ वर्षीया महगींदेवी महरा, ६२ वर्षीया फुलमन्तिदेवी चमार, ६० वर्षीया रामकुमारीदेवी महरा,  ३० वर्षीया सकुन्तलादेवी महरा र सोही गाउँपालिका-५ बलुवाटोलका ४० वर्षीय स्कारपियो चालक श्रीकुमार यादव रहेका छन् ।

    images
    images
    images

    दुर्घटनामा अर्नमा-३ की ३० वर्षीया राधा राम, सोही ठाउँका उमेश रामका २ वर्षीय छोरा आर्यन, २५ वर्षीया देवकुमारी महरा, उनका ७ वर्षीय छोरा रितिक महरा र अर्नमा-३ कै ६० वर्षीया कन्यादेवी महरा घाइते भएका छन् ।

    उनीहरूको हाइवे ट्रम्मा सेन्टर अस्पताल र वीरगञ्जको बयोधा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।