कृष्ण अन्जान, रुरु । नेपाली काँग्रेसकाे क्षेत्रिय, जिल्ला तथा केन्द्रीय अधिवेशन नजिकिँदै गर्दा यतिबेला काँग्रेस वृतमा चहलपहल देखिएकाे छ ।
पार्टीले वडा अधिवेशन सम्पन्न गरेकाे छ र अब क्षेत्रिय जिल्ला अधिवेशनकाे तयारी सँगै क्षेत्रिय समिति महाधिवेशन प्रतिनिधि र जिल्ला कार्य समितिकाे अधिवेशनकाे मेसाे शुरु हुँदा काँग्रेस नेता कार्यकर्ता गाउँघर तिर देखिएका छन ।
गुल्मी जिल्लाका पुराना नेता रवि ज्ञवाली गुल्मी जिल्लाबाट महाधिवेशन प्रतिनिधिका लागि भाेट माग्दै रुरुक्षेत्र गाउँपालिकामा पुग्नु भएकाे छ र याे क्षेत्रबाट चुनिएका क्षेत्रिय प्रतिनिधिहरुसँग नेपाली काँग्रेसका भावि एजेन्डा बारे छलफल गर्दै महाधिवेशन प्रतिनिधिका लागि भाेट माग्नु भएकाे छ ।
लाेकतन्त्र र प्रजातन्त्रका लागि लडेकाे काँग्रेस कसैकाे बैशाखि समातेर हिँड्नु गलत भएकाे काँग्रेस नेता रवि ज्ञवालीले कार्यकर्ता माझ राख्नु भयाे ।
कम्युनिस्ट 'अधिनायकवादि' सँग घाँटि जाेडेर हाेईन नेपाली काँग्रेस एक्लै हरेक निर्वाचनमा लड्न सक्षम भएकाे बताउनु हुँदै माअओवादी या अन्यदल सँगकाे गठबन्धनमा असन्तुष्टि व्यक्त गर्नु भयाे ।
वहाँ सँगै रहनु भएका नेपाली काँग्रेसका नेता तथा गुल्मी क्षेत्र १ का क्षेत्रिय सभापतिका दावेदार मुक्ति कँडेलले राष्ट्रिय राजनीतिमा काँग्रेस एकमात्र मुलुक सहि दिशामा हाँक्न सक्ने पार्टी भएकाे ले नै हरेक अप्ठ्याराेमा सरकारकाे जिम्मेवारी काँग्रेस ले सम्हालेकाे बताउनु भयाे ।
याे पटक पनि दुई तिहाईकाे कम्युनिस्ट सरकार चलाउन नसकेर काँग्रेसकाे काँधमा सरकार चलाउने जिम्मेवारी अाएकाे वहाँकाे तर्क थियाे ।
हामी लाेकत्नत्र र प्रजातन्त्रमा विश्वास राख्ने पार्टी भएकाले पार्टी भित्र पनि लाेकतान्त्रिक अभ्यास हुने बताउँदै अधिवेशनमा अाफु क्षेत्रिय सभापतिमा उठ्ने साेँच बनाएकाले गाउँघरमा कार्यकर्ता सँग भेटघाटमा अाएकाे बताउनु भयाे ।
विहिवार रुरुक्षेत्र ४ काे बलेटक्सारका काँग्रेस पदाधिकारी क्षेत्रिय प्रतिनिधिहरुसँग भेटघाट गरेका वहाँ हरुले शुक्रवार रुरु ३ काे थानपति रुरु १ काे रिडी च्यूरेक भट्कुवा लगाएतका क्षेत्रका काँग्रेस कार्यकर्ता नेता सँग भेटघाटकाे कार्यक्रम रहेकाे क्षेत्र न १ का क्षेत्रिय सभापतिका उम्मेदवार मुक्ति कँडेलले जानकारी दिनु भयाे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology