रेशम अधिकारी, नवलपरासी । सुनवल नगरपालिका वडा ७ सिसाहानीमा बिहीवार बेलुका मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक देवदह ५ कलुवा निवासी अन्दाजी २९ वर्षीय श्याम पोखरेलको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका उनको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सुनवलको सिसाहानिबाट रुपन्देहीको देवदहतर्फ आउदै गरेको लु २३ प ९५६८ नम्बरको मोटरसाइकल हिजो बेलुकी १० बजे आफै अनियन्त्रित भई दुर्घटना भएको र चालकले हेल्मेट नलगाएको कारण गम्भीर भित्री चोट लागेकोले मृत्यु भएको स्थानीय प्रकाश न्यौपानेले बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology