देवदह । रुपन्देहीको देवदह नगरपालिकामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा नगरका विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयका करिब १४० विद्यार्थीको सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै देवदह नगरपालिकाका उपप्रमुख एंव कार्यक्रमका अध्यक्ष विद्यालक्ष्मी गुरुङ्गले समाजमा धेरै फैलिएको लैङ्गिक हिंसाहरुको न्यूनीकरणका लागि विश्वव्यापी रुपमा मनाइने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानलाई नगरपालिकाले पनि मनाउदै आएको बताइन । उनले समाजमा लिङ्गका आधारमा गरिने भेदभावलाई निरुत्साहित गर्नका लागी सचेतना कार्यक्रम आयोजना गरिएको बताउदै यस्ता सचेतना कार्यक्रमले हिंसा न्यूनीकरण गर्न सहयोग पुग्ने बताइन ।
प्रमुख प्रशिक्षक एंव मानव अधिकारकर्मी रिमा बि.सि.को सहजीकरणमा भएको कार्यक्रममा उनले लैङ्गिक हिंसा भनेको के हो?, लैङ्गिक समानताका लागि स्थानीय सरकारको भुमिका, सेतो रिबनको अभियान, लैङ्गिक हिंसा लगाएतको बारेमा सहजीकरण गराएकी थिइन ।
उप प्रमुखसंग महिला कार्यक्रम सञ्चालक समिति सदस्य संगिता बिकको स्वागत र महिला तथा बालबालिका शाखा प्रमुख ईन्दिरा भुषालको सञ्चालनमा भएको कार्यक्रममा नगर बाल संजालका पदाधिकारीहरु, देवदह नगरपालिका भित्र रहेका प्रत्येक विद्यालयबाट प्रतिनिधित्व गर्ने विद्यार्थीहरु, जनप्रतिनिधी, सुरक्षा निकाय, पत्रकार लगाएतको सहभागिता रहेकाे थियाे ।
नगरपालिकाले समाजमा विद्यमान लैङ्गिक हिंसाका चुनौतीलाई समाधान गर्न सामुदायिक सहभागितामा आधारित यस्ता अभियान निरन्तर अघि बढाउने प्रतिबद्धता जनाएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology