Logo

२०८३, कार्तिक २७गते


images
images

चीनसँग ऋणसम्बन्धी कुनै सम्झौता भएको छैन : प्रधानमन्त्री

चीनसँग ऋणसम्बन्धी कुनै सम्झौता भएको छैन : प्रधानमन्त्री

images
  • चीनसँग ऋणसम्बन्धी कुनै सम्झौता भएको छैन : प्रधानमन्त्री
    images

    काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले उत्तरी छिमेकी चीनसँग ऋणसम्बन्धी कुनै किसिमको सम्झौता नगरिएको बताएका छन् ।

    images
    images
    images

    चार दिने चीन भ्रमण सकेर फर्किएका ओलीले त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँगको सवाल-जवाफका क्रममा यस्तो बताएका हुन् ।

    images
    images
    images

    ‘मैले दरबारमार्गमा आयोजित आमसभामै पनि अहिले कतैबाट ऋण लिँदैनौँ भनेको थिएँ । चीनसँग पनि ऋण लिन जाँदै‌नौँ भनेको हो’, उनले भने, ‘चीनसँग ऋणको कुरा नै भएन, त्यसबारे कुनै छलफल भएन ।’

    images
    images

    उनले बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) अन्तर्गतका नौ वटा परियोजना कार्यान्वयनका लागि पछि अलग्गै छलफल हुने पनि बताएका छन् ।

    ‘बीआरआई अन्तर्गतका हरेक परियोजना कार्यान्वयका क्रममा पछि दुई देशबीच छुट्टै छलफल हुन्छ’, उनले भने, ‘अहिले हामीले प्राप्त गरेको कुरा ऋण होइन । ऋणसम्बन्धी कुरा चलेको पनि छैन । सधैँ ऋण ऋण ऋण भनेर किन सारंगी बजाइएको छ ? ऋणसँग बीआरआईले सरोकार राख्दैन ।’

    उनले ती सबै परियोजनाबारे चीनसँग अलग अलग छलफल हुने पनि बताए । ‘कार्यान्वयनका क्रममा हरेक परियोजनामा नयाँ छलफल र सम्झौता हुन्छ’, उनले भने, ‘मैले जानुअघि नै भनेको थिएँ, ऋणबारे कुरा हुँदैन। मिडियाले पनि लेखेका छन् ऋणबारे कुरा भएन । तर अझै किन ऋण ऋण भनेर बाजा बजाइन्छ ?’

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।