रोहिणी । रोहिणि गाउँपालिकादृारा निजामती दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम गरिएको छ। रोहिणी गाउँ पालिका वडा -२ श्री पोखरभिण्डी माध्यमिक बिधालयमा गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादव, उपाध्यक्ष शिवकान्ती हरिर्जन र प्रशासकीय अधिकृत रामनाथ न्यौपानेले बिधालयको प्राङ्गणमा वृक्षारोपण गरिएको हो ।
निजामती दिवस कार्यक्रममा सम्बोधन गर्दै गाउँ पालिका अध्यक्ष सनोज कुमार यादव ले रोहिणी गाउँपालिकामा कार्यरत कर्मचारीहरुलाई अनुशासित, लगानसिल, मेहनति र कर्मठ भएर काम गर्न कर्मचारीको मुल्यांकन गरि हिउँदे अधिबेशनमा पुरस्कृती गरिने बताए ।
कोभिड -१९ नेपालमा बिगबिगी भएको बेला रोहिणी गाउँपालिका बासी लाई कोरोनाबाट बचाउन अहं भुमिका कर्मचारीले खेलेको भन्दै प्रंशास गरेका थिए भने गाउँपालिका उपाध्यक्ष शिवकान्ती हरिजर्न बोल्ने क्रममा रथ को दुबै पाङ्ग्रे भएको बताउँदै कर्मचारी र जनप्रतिनिधि मिले देश बिकास निर्माणमा ठूलो उपलब्धि हासिल हुने बताइकी थिइन ।
वृक्षरोपण कार्यक्रममा रोहिणी गाउँपालिका प्रशासकीय अधिकृत रोमनाथ न्यौपाने, ६ नम्बर का वडाध्यक्ष, कर्मचारीको तर्फबाट तारानाथ यादव र स्वास्थ्य अधिकृत डजेन्द्र प्रसाद नेपालले कार्यक्रम सन्चालन गरेका थिए भने स्वागत मन्तव्य राज कुमार मिश्रले गरेका थिए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology