Logo

२०८३, श्रावण २७गते


images
images

कांग्रेस मुसिकोटको अधिकांश वडामा सर्बसम्मत नेतृत्व चयन 

कांग्रेस मुसिकोटको अधिकांश वडामा सर्बसम्मत नेतृत्व चयन 

images
  • कांग्रेस मुसिकोटको अधिकांश वडामा सर्बसम्मत नेतृत्व चयन 
    images
    images

    गुल्मी । नेपाली कांग्रेसको मंगलबार सम्पन्न भएको वडा अधिबेसनमा मुसिकोट नगरपालिकाका अधिकांस वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ। 

    images
    images
    images


    मुसिकोट १ मा दान बहादुर केसिको सभापतित्वमा नयाँ कार्य समिती सर्वसम्मत रुपले चयन भएको छ । क्षेत्रीय प्रतिनिधिमा समेत उक्त वडामा सर्वसहमती कायम भएको छ ।

    images
    images
    images


    अधिबेसनको उद्घाटन सत्रमा पुर्व जिल्ला सभापती शुरेस भुषाल, तरुण बिभाग सदस्य वीर ब जिशी, नगर सचिव मोहन घिमिरे लगायत विभिन्न राजनितिक दलका प्रतिनिधिले शुभकामना मन्तव्य राखेका थिए। उद्घाटन सत्रमा  कांग्रेसका युवा नेता  डा. दामोदर भुषालले फोनबाट कार्यकर्तालाई संबोधन गरि सुभकामना व्यक्त गरेका थिए। 

    images
    images
    images

     

    उक्त कार्यक्रममा एक दर्जन एमाले कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रबेस गरेको पनि बताइएको छ ।
    नेपाली कांग्रेस मुसिकोट नगर सचिब मोहन घिमिरेका अनुसार वडा न -२ मा वडा सभापतिका आकाक्षिहरु धेरै देखिए पछि अधिबेसनको बन्द सत्र केही लम्बिएको छ। त्यहाँ पनि सर्व सहमतिको लागि प्रयास जारी रहेको जानकारी आएको छ ।


    त्यसैगरी वडा न ३ मा हरि घिमिरे सभापतिमा निर्विरोध निर्वाचित हुनु भएको छ। क्षेत्रीय प्रतिनिधि पनि सर्वसम्मत रुपले चयन गरिएको छ।


    उता वडा न ४ बडागांउमा गुप्त ब कार्कीको सभापतित्वमा सर्वसम्मत रुपले नयाँ नेतृत्व चयन भएको छ। त्यहाँ पनि सर्वसम्मत रुपले अधिबेसन प्रतिनिधिहरु चयन गरिएको छ।


    वडा न ५ आंपचौरमा लिलाधर अर्याल सभापतिमा निर्विरोध निर्वाचित हुनु भएको छ। क्षेत्रीय प्रतिनिधिको लागि बन्द सत्रमा छलफल जारी रहेको बुझिएको छ ।


    वडा न ६ कुर्घामा राम प्रसाद गौतमको सभापतित्वमा सर्वसम्मत नयाँ कार्य समिती चयन भएको छ। गौतम आशा गरिएका मध्यका एक सक्षम युवा नेता हुन।  महाधिबेसन प्रतिनिधि ज्ञानु सापकोटाले सहजिकरण गरेको उक्त कार्यक्रममा जेष्ठ कार्यकर्ताको सम्मान गर्दै सर्वसहमत रुपमा क्षेत्रीय प्रतिनिधिहरु चयन भएका छन।


    नगरपालिकाको केन्द्र वडा न ७ मा तेजिन्द्र जिसी सभापतिमा निर्विरोध निर्वाचित भएका छन। अबेर सम्म चलेको बन्द सत्रबाट सर्वसम्मत रुपले कार्य समिति र क्षेत्रीय प्रतिनिधि चयन गरिएको छ। त्यहाँ बर्तमान जिल्ला सचिव बिष्णु सापकोटा, पुर्व सचिव हरि नारायण सापकोटा र जिल्ला सदस्य कल्पना घिमिरेको आतिथ्यता रहेको थियो।


    यसैगरी वडा न ८ वामिमा रण ब रायमाझिको सभापतित्वमा सर्वसम्मत रुपले कार्य समिती तथा क्षेत्रीय प्रतिनिधि चयन भएका छन।


    उता वडा न  ९ मा भने सभापती र क्षेत्रीय प्रतिनिधिको निर्क्योल गर्ने काम अन्तिम चरणमा पुगेको छ। त्यहाँ कांग्रेस नेता माधव खरेल र कृष्ण प्रसाद सापकोटाले सहजिकरण गरेका छन। त्यहा पनि छिट्टै नेतृत्वको अन्तिम टुङ्गो लाग्ने बताइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।