काठमाडौं । रोबर्ट लेवान्डोस्की च्याम्पियन्स लिगमा १०० गोल गर्ने तेस्रो खेलाडी बन्दा बार्सिलोनाले ब्रेस्टलाई ३–० ले हराएको छ।
मंगलबार राति भएको खेलमा लेवान्डोस्कीले २ गोल गरे। च्याम्पियन्स लिगमा धेरै गोल गर्नेमा क्रिस्टीयानो रोनाल्डो र लियोनेल मेसीपछि उनले धेरै गोल गरेका हुन्। रोनाल्डोले १४१ तथा मेसीले १२९ गोल गरेका छन्।
१० औँ मिनेटमा प्राप्त पेनाल्टीलाई उपयोग गर्दै लेवान्डोस्कीले १०० औं च्याम्पियन्स लिग गोल गरेका थिए।
डानी अल्मोले बार्सिलोनाका लागि पहिलो च्याम्पियन्स लिग गोल गर्दा बार्सिलोना दोस्रो गोलको अग्रता लिन सफल भएको हो। इन्जुरी समयमा अन्तिम गोल गरेपछि लेवान्डोस्कीले च्याम्पियन्स लिगमा व्यक्तिगत गोल सङ्ख्या १०१ पुगेको हो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology