काठमाडौँ । सेयर कारोबार मापक नेप्से परिसूचक ३३.४१ अंकले बढेको छ । मंगलबार मात्रै १ दशमलव २४ प्रतिशतले नेप्से बढेर २७१६.६६ विन्दुमा बन्द भएको हो ।
नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । सोमबार ६ अर्ब ३४ करोड रुपैयाँ कारोबार भएकामा मंगलबार ७ अर्ब ४४ करोड ९८ लाख रुपैयाँ कारोबार भएको हो ।
आज २११ कम्पनीको सेयर मूल्य बढ्यो भने ३२ कम्पनीको मूल्य घट्यो । एक कम्पनीको मूल्य स्थिर रह्यो । ७५ हजार ५ सय ७२ पटकको सेयर किनबेचबाट १ करोड ४२ लाख ९२ हजार ७ सय ४२ कित्ता सेयर किनबेच भए ।
सबै उपसमूहहरू बढे । सबैभन्दा बढी जीवन बिमा, निर्जीवन बिमा, हाइड्रोपावर, फाइनान्स र ट्रेडिङ उपसमूहहरु बढेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology