देवदह । देवदह नगरपालिका वडा नम्बर ९ घोडाहामा जारी प्रथम वडा स्तरीय फुटबल प्रतियोगितामा आज भएको खेलमा वडा नम्बर ७ सितलनगर र वडा नम्बर ६ बिच भएको प्रतिस्पर्धा खेलमा वडा नम्बर ७ सितलनगरले पाँच गोल गर्दै जित हासिल गरेको हो। उक्त खेलमा प्रतिद्वन्दी वडा नम्बर ६ ले भने एक गोल गर्न सफल भएको थियो।
वडा नम्बर ६ र ७ बिच भएको प्रतिस्पर्धा खेलमा वडा नम्बर ७ का खेलाडी अशिम नेपाली ले हेट्री गोल गर्न सफल भएका छ्न । अशिम नेपाली ले खेलको पहिलो गोल २ मिनेटमा र दोस्रो गोल ३४ मिनेट र ४१ मिनेटमा तिन गोल गर्न सफल रहेका थिए भने बिशाल गुरुङ ले १७ मिनेटमा र बिजय गुरुङ ले ५७ मिनेटमा गोल गरि वडा नम्बर ७ ले पाँच गोल गरेका थिए भने प्रतिद्वन्दी वडा नम्बर ६ का खेलाडी नन्दु गुरुङ ले दोस्रो हाफमा ७४ मिनेटमा एक गोल गरेका थिए।
भोलि बाट क्वाटरफाइनलको चरण खेल सुरु हुने भएको छ भने वडा नम्बर १० र वडा नम्बर ८ बिचको प्रतिस्पर्धा खेल घोडाहा खेलमैदानमा हुने भएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology