Logo

२०८३, श्रावण २७गते


images
images

लेकसाइडमा पर्यटकमाथि ज्यादती र हैरानी !

लेकसाइडमा पर्यटकमाथि ज्यादती र हैरानी !

images
  • लेकसाइडमा पर्यटकमाथि ज्यादती र हैरानी !
    images
    images

    राजेश पराजुली, पोखरा । पर्यटकीय राजधानी पोखराको लेकसाइडमा पर्यटकमाथि ज्यादती र हैरानी हुने गरेको गुनासो आउन थालेको छ । साथै लेकसाइड भित्रिने राष्ट्रबैंकचोक, फिस्टेल गेट, बाराहीचोक, हल्लनचोकदेखि जरेबरसम्म मुख्य पर्यटकीय क्षेत्रभित्र मोटरसाइकलमा आएका केही अपरिचित व्यक्तिले पर्यटकमाथि दुव्र्यवहार गर्ने र अपशब्द बोल्ने जस्ता गतिविधि गरेको बताइएको छ ।

    images
    images
    images

    होटल संघ पोखरा नेपाल र होटल प्रतिनिधि समाज पोखराले संयुक्त विज्ञप्ति प्रकाशित गरी लेकसाइड वरपर विगत केही समययता पर्यटकमाथि ज्यादती, हैरानी हुन गएको भन्दै व्यापक जनगुनासो आएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    images
    images
    images

    होटल संघका अध्यक्ष लक्ष्मण सुवेदी र समाजका अध्यक्ष माधव लम्सालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विशेषगरि लेकसाइड भित्रिने राष्ट्रबैंकचोक, फिस्टेल गेट, बाराहीचोक, हल्लनचोकदेखि जरेबरसम्म मुख्य पर्यटकीय क्षेत्रभित्र मोटरसाइकलमा आएका केही अपरिचित व्यक्तिले पर्यटकमाथि दुव्र्यवहार गर्ने र अपशब्द बोल्ने जस्ता गतिविधि गरेको पाइएको छ ।’

    images
    images
    images

    ‘साथै अस्वस्थ प्रतिस्पर्धा गर्ने मनसायले गल्लीगल्लीमा बसी, सस्तो दरभाउमा आगन्तुक तान्ने, मोलमोलाई गर्ने, अमर्यादित क्रियाकलापका साथै यौनजन्य गतिविधिमा समेत उक्साउने र बाध्य गराउने गरेको पनि पाइएको छ’, विज्ञप्तिमा भनिएको छ ।

    ‘यी र यस्ता गतिविधिले समग्र पर्यटन क्षेत्रलाई बद्नाम गराउने हाम्रो निष्कर्ष छ, अबका दिनमा यी र यस्ता गतिविधि रोक्न हामी जोडदार माग गर्दछौँ’, विज्ञप्तिमा उल्लेख छ ।
    अबका दिनमा पनि यस्ता गतिविधि नरोकिए वा पर्यटकमाथि धरपटक र ज्यादती भइरहेमा हामी कानूनी प्रक्रियामा जान बाध्य हुने दुवै संस्थाले चेतावनी दिएको छ ।

    साथै अबका दिन यस्ता गतिविधि कहीँ कतै भएको पाइएमा तत्कालै जिल्ला प्रशासन कार्यालय कास्की, वडा प्रहरी कार्यालय बैदाम र पर्यटक प्रहरी कार्यालय पोखरामा खबर गरिदिन विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।

    विज्ञप्तिमा थप भनिएको छ, ‘पर्यटकमाथि हुने यस्ता गतिविधिलाई नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालयका साथै सबै सरोकारवाला निकायको ध्यानाकर्षण गराउन चाहन्छौँ ।’

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लेकसाइड
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।