Logo

२०८३, कार्तिक २७गते


images
images

धर्मका नाममा राजनीति हुनु हुँदैन : प्रधानमन्त्री

धर्मका नाममा राजनीति हुनु हुँदैन : प्रधानमन्त्री

images
  • धर्मका नाममा राजनीति हुनु हुँदैन : प्रधानमन्त्री
    फाइल फोटो
    images

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि धर्मका नाममा राजनीति हुन नहुने बताएका छन् ।

    images
    images
    images

    प्रधानमन्त्री निवासमा आज जैनश्वेताम्बर तेरापन्थ सभाका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्रीले धर्म निरपेक्ष हाम्रो मुलुकमा राज्यले सबै धर्मलाई सम्मान गर्ने भएकाले यसका नाममा राजनीति हुन नहुने बताएका हुन् । 

    images
    images
    images

    ‘नेपालमा एकातिर हिन्दू राज्य हुनुपर्छ भनेर अभियान चलाइएको छ । अर्कातिर इसाई धर्म विस्तारका नाममा गरिबीको दुरुपयोग गरिएको छ’, प्रधानमन्त्री ओलीले भने, ‘यस्ता कुराहरुलाई हामी क्रमशः नियन्त्रण गर्छौं । हामीले कुनै पनि धर्मका नाममा असहिष्णुता र सङ्कीर्णता राख्नु हुँदैन । कुन धर्म मान्ने भन्ने मान्छेको व्यक्तिगत आस्थाको कुरा हो । त्यसको हामी सम्मान गर्छौं ।’

    images
    images

    त्यस अवसरमा आचार्य महाश्रमका शिष्यहरू रमेशकुमार र रत्नकुमारले समाजमा नैतिकता, सद्भावना, मानवता, नसामुक्त समाज निर्माणका साथै शान्तिका लागि आफूहरूले गरेका कामबारे प्रधानमन्त्रीलाई जानकारी दिएका थिए ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।