Logo

२०८३, श्रावण २७गते


images
images

मेक्सिकोको बारमा बन्दुकधारीको आक्रमण, १० जनाको मृत्यु

मेक्सिकोको बारमा बन्दुकधारीको आक्रमण, १० जनाको मृत्यु

images
  • मेक्सिकोको बारमा बन्दुकधारीको आक्रमण, १० जनाको मृत्यु
    images
    images

    मेक्सिको सिटी । मेक्सिकोको मध्य भागमा रहेको क्वेरेटारो सहरको एक बारमा शनिबार बन्दुकधारीले आक्रमण गर्दा १० जनाको मृत्यु भएको छ।

    images
    images
    images

    क्वेरेटारोको सार्वजनिक सुरक्षा विभागका प्रमुख जुआन लुइस फेरुस्काका अनुसार आक्रमणकारीले शहरको लस क्यान्टारिटोस बारभित्र गोली चलाएका थिए ।

    images
    images
    images

    उनले सामाजिक सञ्जालमा आक्रमणस्थलको एक भिडियो पोस्ट गर्दै भनेका छन्, ‘आपतकालिन सेवाहरू घटनास्थलमा पुगेका छन् र एउटा पिकअप ट्रकमा लामो हतियारले सुसज्जित कम्तीमा चार जना व्यक्ति आएको पुष्टि भएको छ ।’

    images
    images
    images

    उनले भने, ‘आक्रमणबाट घटनास्थलमा १० जनाको मृत्यु भएको थियो भने कम्तीमा सात जना घाइते भएका थिए।’

    फेरुस्काका अनुसार एक संदिग्धलाई नियन्त्रणमा लिइएको छ र आक्रमणमा प्रयोग गरिएको गाडी बेवारिसे अवस्थामा फेला परेको छ ।

    क्वेरेटारोलाई बढ्दो हिंसा, यसको अधिकांश हिस्सा लागूऔषध तस्करी र गिरोहसँग जोडिएको मेक्सिकोको सुरक्षित सहर मध्ये एक मानिन्छ ।

    मेक्सिकोमा सन् २००६ देखि अहिलेसम्म चार लाख ५० हजार मानिसको हत्या भएको छ ।  

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मेक्सिको
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।