Logo

२०८३, श्रावण २७गते


images
images

सत्ता फासिस्ट, सडक अराजक पपुलिष्ट हुँदै जानेछ : घनश्याम भुसाल

सत्ता फासिस्ट, सडक अराजक पपुलिष्ट हुँदै जानेछ : घनश्याम भुसाल

images
  • सत्ता फासिस्ट, सडक अराजक पपुलिष्ट हुँदै जानेछ : घनश्याम भुसाल
    images
    images

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले मुलुकमा आगामी दिनमा सडकमा अराजकता बढ्दै जाने बताएका छन् । मुलुकमा सत्ता फासिस्ट हुँदै जाने र सडकमा अराजक पपुलिष्ट हुँदै जाने अवस्था आउने उनको जिकिर थियो । 

    images
    images
    images

    महासचिव भुसालले मुलुकलाई सही ढंगले अघि बढाउनका लागि घुस नखाने पार्टी आवश्यक रहेको पनि बताए । घुस नखाने पार्टी भए मात्रै जनताले रोजगारी पाउने र मुलुकलाई आत्मनिर्भर ढंगले अघि बढाउने सिद्धान्त बन्ने र त्यसले मुलुकलाई सही ढंगले अघि बढाउने तर्क गर्दै उनले त्यसका लागि क्रान्तिकारी एजेन्डासहितको समूह सडकमा आउनुपर्ने समेत बताए । 

    images
    images
    images

    शनिबार काठमाडौँमा आयोजित ‘अक्टोबर क्रान्ति र लेनिन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव भुसालले घुस नखाने पार्टीले मात्रै आजको लेनिनलाई पुनर्जागृत गर्न सक्ने र त्यसले मात्रै विद्यमान समस्याको समाधान गर्दै मुलुकलाई अघि बढाउन सक्ने बताए । 

    images
    images
    images

    उनले भने, ‘हामी कहाँ घुस नखाने व्यक्तिहरू धेरै छन् । तर घुस नखाने पार्टी बनाउनु पर्‍यो । घुस नखाने बित्तिकै मुलुक पनि त्यसै गरी चलाउँछु, आत्मनिर्भर भएर चलाउँछु, आफ्नो जनतालाई रोजगारी दिएर चलाउँछु भन्ने सिद्धान्त चाहिन्छ । त्यो सिद्धान्त विकसित हुन्छ । त्यसका लागि तपाईँले साम्राज्यवादसँग लड्नुपर्दछ । आजको लेनिन त्यहाँ फेला पार्नुहुन्छ । उहिल्यै सय वर्षको लेनिन होइन, आजको लेनिनलाई पुनर्जागृत गर्नुहुन्छ ।’ 

    उनले थपे, ‘यदि साँच्चै मुलुकमा कृषि, उद्योगको संरक्षण गरेर जानुपर्छ भन्ने पोलिसी लिने हो भने आजको लेनिन निर्माण हुने थियो, बन्ने क्रम सुरु हुन्छ । आजको बोल्सेविक रेभुलुशन सुरु हुन्छ । त्यसर्थ, परिस्थिति भन्ने हो भने लेनिनले भनेको त्यो क्रान्तिकारी सङ्कट रेभुलुशन क्राइसिसकै बेला छ । हेर्नुहोला–आगामी दिन सत्ता फासिस्ट हुँदै जानेछ । सडक अराजक पपुलिष्ट हुँदै जानेछ । यो बेला एउटा एजेन्डाका साथ क्रान्तिकारी एजेन्डाका साथ एउटा विश्वासिलो सानै पनि टिम सडकमा आयो भने त्यसका लागि हाम्रो भयङ्कर वस्तुगत स्थिति तयार भएको छ ।’ 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # घनश्याम भुसाल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।