लुम्बिनी । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ) संग जजिरा एयरवेजका प्रमुख कार्यकारी अधिकृत (सिइओ) बराथन पशुपतिले लुम्बिनीमा भेटवार्ता गरेका छन् । भेटवार्तामा हवाई माध्यमबाट भगवान बुद्धको जन्मस्थल लुम्बिनीमा हवाइ माध्यमबाट पर्यटक ल्याउने बिषयमा छलफल भएको छ ।
उपाध्यक्ष लामाले भैरहवास्थीत गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट उडान सुरु गरेकोमा एयरवेजलाई धन्यवाद दिए । पशुपतिले संसारभरका बौद्धमार्गीहरुलाई सहुलियत दरमा लुम्बिनी ल्याउन सक्दो पर्यत्न गर्ने प्रतिवद्धता जनाए । उनले उडान सुचारु हुनु सकारात्मक भएको भए पनि नियममित उडानका लागि वैदेशिक रोजगारीमा जानेहरुका लागि श्रम र स्वास्थ्य परिक्षण जस्ता आवश्यक सुविधाहरु भैरहवाबाट उपलब्ध गराउन पहल गरिदिन आग्रह गरे ।
भेटवार्तामा सहभागि रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले यथासिघ्र बैदेशिक रोजगारीमा जानेहरुका लागि आश्यक सम्पूर्ण सुविधाहरु उपलब्ध गराउने बिषय पहल भइरहेको जानकारी दिए । भेटमा जजिरा एयरवेज नेपाल प्रतिनिधि, रुपन्देहीका सुरक्षा प्रमुखहरु र एयरवेजका कार्मचारीहरुको सहभागिता रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology