चितवन । चितवनको नारायणघाट मुङ्लिङ सडक खण्डमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।
मुङ्लिङबाट नारायणघाटतर्फ आउँदै गरेको इलेक्ट्रिक हायस र नारायणघाटबाट मुङलिनतिर जाँदै गरेको बस आज बिहान ३ बजे आपसमा जुध्दा हताहत भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा छ जना घाइते भएका छन् । जसमध्ये दुई जनाको अवस्था गम्भीर छ । मृत्यु हुनेमा गोरखा आरुघाटमा ४१ वर्षीय राजबहादुर गुरुङको परिचय खुलेको र अन्य तीन जनाको सनाखत भैनसकेको प्रहरीले जनाएको छ ।
घाइतेहरुलाई उपचारको लागि भरतपुर अस्पताल ल्याइएको छ । हायसका चालकको उपचार भैरहेको छ भने बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology