Logo

२०८३, कार्तिक २७गते


images
images

सुरक्षित यात्रा नेपालले पुन : यात्रु सहायता कक्ष सञ्चालन गर्ने

सुरक्षित यात्रा नेपालले पुन : यात्रु सहायता कक्ष सञ्चालन गर्ने

images
  • सुरक्षित यात्रा नेपालले पुन : यात्रु सहायता कक्ष सञ्चालन गर्ने
    images

    बुटवल । सुरक्षित यात्रा नेपालले तिहार र छठ् पर्वमा सार्वजनिक यातायातमा हुने यात्रुहरुको चापलाई मध्यनजर गर्दै बुटवल स्थित नयाँ बसपार्कमा यात्रुहरुको सहायताका लागि पुनः यात्रु सहायता कक्ष सञ्चालन गर्ने भएको छ ।

    images
    images
    images

    चाडपर्वको अवसरमा यात्रु तथा मानिसहरुको आवतजावत बढ्ने र यसका कारण सार्वजनिक यातायात क्षेत्रमा हुन सक्ने अत्यधिक चाप र दुर्घट्नाको जोखिम न्युनिकरणका साथै यात्रुहरुको सुरक्षित रुपमा गन्तब्यमा पुग्ने अधिकारलाई सुनिस्चित गर्न र यात्रुहरुलाई यात्राको क्रममा हुन सक्ने असुविधामा सहजिकरण र सहायता गर्ने उदेश्यले यात्रु सहायता कक्ष सञ्चालन गर्न लागिएको सुरक्षित यात्रा नेपाल केन्द्रीय समितिका अध्यक्ष कृष्ण प्रसाद बेलबासेले जानकारी दिए ।

    images
    images
    images

    तिहारमा यात्रुहरुको अत्यधिक भिड्भाड् हुन सक्ने समय कात्तिक १५ गतेदेखि कात्तिक २० गतेसम्म बुटवलको नयाँ बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालन गरिने अध्यक्ष बेलबासेले जानकारी दिए । यसअघि दशैंको अवसरमा घटस्थापनादेखि १५ दिनसम्म सञ्चालन गरिएको यात्रु सहायता कक्षबाट भारतबाट नेपाल फर्कने क्रममा ठगिएर र लुटिएर बेखर्ची भएकाहरुलाई निशुल्क रुपमा गन्तव्यसम्म पुग्ने व्यवस्था, यात्राका क्रममा हराएका र छुटेका यात्रुका सामानहरु नेपाल प्रहरी, बस र सार्वजनिक सवारीसाधन धनीहरुसंगको समन्वयमा खोजविन गरि सम्बन्धित व्यक्तिहरुलाई बुझाउने कार्य, लामो दुरिका गन्तव्यसम्म पुग्ने टिकट र बस नपाउने यात्रुहरुलाई टिकट तथा सवारी साधनको व्यवस्था, बढी भाडा लिने सवारी साधनहरुबाट बढी लिइएको भाडा रकम यात्रुलाई फिर्ता गर्ने, सार्वजनिक सवारी साधनहरुमा ट्राफिक सचेतनामूलक स्टिकर टाँस जस्ता कार्य र गुनासाहरु समाधान गरिएको सुरक्षित यात्रा नेपालका दीपक ढकालले जानकारी दिए ।

    images
    images

    सञ्चालित यात्रु सहायता कक्षबाट यात्रुहरुले सार्वजनिक यात्रामा बढी भाडा लिने, सिट क्षमता भन्दा यात्रु राखेर यात्रा असुरक्षित बनाउने तथा आफुहरुलाई पर्ने जुनसुकै समस्या तथा गुनासाहरु भएमा सहायता कक्षमा सम्पर्क गर्न दीपक ढकालले आग्रह गरेका  छन । सुरक्षित यात्रा नेपालले बुटवल उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय बुटवल रुपन्देही, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल, इलाका प्रहरी कार्यालय बुटवल, पश्चिम नेपाल बस व्यवसायी प्रा.लि. प्रधान कार्यालय बुटवल लगायत सरोकारवाला निकायहरुको सहकार्यमा यात्रु सहायता कक्ष सञ्चालन गर्न लागेको हो । यसअघि सञ्चालित सहायता कक्षबाट यात्रुहरु यात्रा सहजिकरणका साथै शुद्ध पिउने पानी तथा प्राथमिक उपचार सेवाबाट समेत लाभान्वित भएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुरक्षित यात्रा नेपाल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।