Logo

२०८३, कार्तिक २७गते


images
images

सुरक्षित यात्रा नेपालद्वारा यात्रु सहायता कक्ष सञ्चालन

सुरक्षित यात्रा नेपालद्वारा यात्रु सहायता कक्ष सञ्चालन

images
  • सुरक्षित यात्रा नेपालद्वारा यात्रु सहायता कक्ष सञ्चालन
    images

    बुटवल । दशैं, तिहार तथा छठ जस्ता चाड पर्वमा सार्वजनिक यातायात एवं सडक तथा बसपार्क जस्ता क्षेत्रमा यात्रु तथा सवारी साधनहरुको चापका कारण हुने सवारी दुर्घटना न्युनिकरण तथा यात्रुहरुको सहजतालाई मध्यनजर गर्दै सुरक्षित यात्रा नेपाल रुपन्देहीले बुटवल उपमहानगर  वडा नं ९ स्थित नयाँ बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालन गरेको छ।

    images
    images
    images

    दशैको घटस्थापनादेखि सहायता कक्ष सञ्चालन गरिरहेको सुरक्षित यात्रा नेपाल  रुपन्देहीका अध्यक्ष कृष्ण बेलवासेले जानकारी दिए। दशैमा घर फर्कने यात्रुहरुको सुरक्षा र सहज ढङ्गबाट यात्रा गर्नका लागि सहयोग गर्ने उदेश्यले सहायता कक्ष सञ्चालन गरिएको अध्यक्ष बेल्वासेले जाकारी दिए ।

    images
    images
    images

    सहायता कक्षबाट यात्रुहरुलाई टिकट काट्न सहजिकरण, तोकिएको भन्दा बढी भाडादर लिन खोज्ने बस तथा सवारी साधनहरुको निगरानी, सामान तथा पैसा चोरी भएर बेखर्ची र अलपत्र परेका यात्रुहरुलाई गन्तव्यसम्म पुग्न सहयोग पुऱ्याउनुका साथै शुद्ध पिउने पानीको व्यवस्था, रक्तचाप परिक्षण, ज्वरो, टाउको दुःखाई कम गर्ने, वान्ता रोक्ने औषधि वितरण तथा प्राथमिक स्वास्थ उपचार सेवा सहायता उपलब्ध गराईएको आयोजकले जनाएको छ ।

    images
    images

    बुटवल उपमहानगर नगर कार्यपालिकाको कार्यालय, पश्चिम नेपाल बस व्यावसायी प्रालि प्रधान कार्यालय बुटवल, राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यवस्थापन कार्यालय बुटवल,  प्रहरी कार्यालय बुटवल रामनगरको सहकार्यमा नागरिक तथा यात्रु सहायता कक्ष सञ्चालन गरिएको सुरक्षित यात्रा नेपालका दीपक ढकालले जानकारी दिए।

    सुरक्षित यात्रा नेपाल रुपन्देहीले सडक दुर्घट्ना न्युनिकरण तथा सार्वजनिक यातायातमा मऱ्यादित यात्राका लागि अभियान सञ्चालन गर्दै आईरहेको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुरक्षित यात्रा नेपाल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।