काठमाडौँ । विश्वकप लिग-२ अन्तर्गत स्कटल्यान्ड विरुद्धको खेल नेपालले जितेको छ। लगातार ७ खेलमा जितविहीन रहेको नेपालले स्कटल्यान्डलाई हराएर महत्वपूर्ण २ अङ्क हासिल गर्यो।
यो सँगै नेपालले १० खेलबाट ४ अङ्क बनाएको छ। अमेरिकाको डालस स्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा टस जितेर पहिले फिल्डीङ गर्ने निर्णय गरेको नेपाल सामू स्कटल्यान्डले जितका लागि १ सय ५४ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो।
जवाफमा नेपालले उक्त लक्ष्य २९.५ ओभरमा ५ विकेट गुमाएर पुरा गर्दै पाँच विकेटको जित निकाल्यो। नेपालको जितमा आरिफ शेखले ५१ रनको नटआउट अर्धशतकीय इनिङ खेले।
त्यस्तै एनलाई गुल्सन झाले २५ रनमा अविजित साथ दिए। त्यस्तै अनिल साहाले १३ रन बनाउँदा आसिफ शेखले २१ रन बनाए।
त्यस्तै कुशल भुर्तेलले २५ रन बनाएका थिए। स्कटल्यान्डका लागि ब्राड क्युरी, मार्क वाट र ज्याक जार्भीसले समान १-१ विकेट लिंदा ब्रान्डन म्याकमुलेनले २ विकेट लिएका थिए।
त्यसअघि पहिले ब्याटिङ गरेको स्कटल्यान्ड ४१.४ ओभरमा १ सय ५४ रन बनाएर अलआउट भएको थियो। उसका लागि मार्क वाटको ३४ रन सर्वाधिक रह्यो।
उनी बाहेक माइकल जोनेस र कप्तान रिचि बेरिङटनले १९-१९ रन बनाए। ब्रान्डन म्यामुलनले १६ रन बनाउँदा माइकल लिस्कले १४ रन बनाएका थिए।
नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिंदा करण केसी, सोमपाल कामी र गुल्सन झाले समान २-२ विकेट लिए। आरिफ शेखको नाममा १ विकेट रह्यो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology