Logo

२०८३, आश्विन १०गते


images
images

देवदहमा नेपाली कांग्रेसको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम

देवदहमा नेपाली कांग्रेसको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम

images
  • देवदहमा नेपाली कांग्रेसको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम
    images
    images

    देवदह । नेपाली काग्रेस देवदह नगर समितिले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ । दीपावलीको अवसरमा पार्टीले मंगलबार   कार्यक्रम गरेको हो । 
     
    कार्यक्रममा बोल्दै पार्टीका केन्द्रिय सदस्य अब्दुल रज्जाकले नेपाली कांग्रेस सुदृढ हुन जरुरी रहेको  बताए । कार्यकर्ताहरु एकतावद्ध भएमा केन्द्रिय नेतृत्व पनि एकताबद्ध हुने धारणा व्यक्त गर्दै लुम्बिनी प्रदेश सभा सदस्य समेत रहेका नेता रज्जाकले कांग्रेसले जनताको पक्षमा काम गरिरहेको दावी गरे । 

    images
    images
    images

    कार्यक्रममा पार्टीका जिल्ला सहसचिव वासुदेव रिमाल, क्षेत्रीय समितिका सभापति हिराबहादुर खत्री, महासमिति सदस्य पार्वती न्यौपाने, सरिता चौधरी, यकबहादुर सुनार, मणिप्रसाद शर्मा, पुर्वक्षेत्रीय सभापति विश्वनाथ यादव, हरि न्यौपाने, मोहनराज शर्मा लगायतले भनाई राखेका थिए । 

    images
    images
    images

    पार्टी नगर समिति सभापति गुनाखर भुर्तेलको अध्यक्षता, उपसभापति अमर लामिछानेको स्वागत र सचिव नेत्र रिजालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।