काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल कात्तिक अन्तिम साता अजरबैजानको भ्रमण गर्ने भएका छन् । कात्तिक २६ र २७ गते बाकुमा हुने कोप–२९ सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल अजरबैजान जान लागेका हुन् ।
“राष्ट्रपतिज्यू कात्तिक २५ गते अजरबैजान जाने कार्यक्रम छ,” परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले भने, “भ्रमण चार दिनको हुने छ । भ्रमणको तयारी भइरहेको छ ।”
सम्मेलनमा जलवायु परिवर्तनका विषयमा छलफल हुने छ । सम्मेलनलाई राष्ट्रपति पौडेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology