Logo

२०८३, श्रावण २७गते


images
images

चाडपर्व लक्षित देवदह नगरको बजार अनुगमन

चाडपर्व लक्षित देवदह नगरको बजार अनुगमन

images
  • चाडपर्व लक्षित देवदह नगरको बजार अनुगमन
    images
    images

    देवदह । चाडपर्व नजिकिए संगै  देवदह नगरपालिकाले बजार अनुगमनलाई तिव्रता दिएको छ । अनुगमन टोलीले देवदह–१ र २ का विभिन्न पसल, होटल र उद्योगहरुमा अनुगमन गरेको हो । चाडपर्वको समयमा बजारमा हुने मूल्य बृद्धि तथा अखाद्य वस्तु नियन्त्रण गर्ने गरी पालिकाले अनुगमनलाई तिव्रता दिएको समितिका संयोजक कृष्णप्रसाद अधिकारीले बताए । 

    images
    images
    images

    अनुगमनको क्रममा विभिन्न अखाद्य वस्तु, म्याद गुज्रेको सामग्री बरामद गरी नष्ट गरेको संयोजक अधिकारीले जानकारी दिए । सोहि क्रममा म्याद सकिएको भुजा, मासको पिठो, आटो, विग्रेको स्याउ, दाल, पाउरोट बनाउने सामग्री बरामद गरी नष्ट गरिएको अधिकृत गंगाप्रसाद पन्थीले जानकारी दिए ।

    images
    images
    images

     यसैगरी अनुगनको क्रममा मिठाई पसलबाट मिठाईमा प्रयोग गरिने अखाद्य वस्तु स्वणीम हाईड्रो सरफाई संगै केही मिठाईहरु पनि बरामद गरी नष्ट गरिएको पन्थिले बताए । टायलमा प्रयोग गरिने अखाद्य वस्तु मिठाईमा प्रयोग गरिएको पाईएकोले अवका दिनमा यस्ता सामग्री प्रयोग नगर्न सुझाईएको पन्थीले जानकारी दिए । 

    images
    images
    images

    अनुगमनका क्रममा व्यवसायीहरुले पसलमा मूल्य सूची नराखेको पाइएको संयोजक अधिकारीले जानकारी दिए । पसलहरु अनुगमनका क्रममा व्यवसायीहरुलाई सचेत पारिएको र अटेर गरेमा कानुनी कार्वाही गरिने अनुगमन समितिका संयोजक अधिकारीले जानकारी दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • # बजार अनुगमन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।