देवदह । मैत्री युवा क्लब देवदह -१२ प्रगतिनगर को भेला सम्पन्न भएको छ। क्लबका अध्यक्ष सन्जय गुरुङको अध्यक्षतमा भएको भेला तथा पद हस्तान्तरण कार्यक्रमले पुर्ण बहादुर गुरुङको अध्यक्षतमा ९ सदस्यीय नयाँ समिति चयन छ ।
जसको उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमश जिपलाल राना, करण तामाङ र भगवती तामाङ तथा सदस्यहरुमा दिपक थापा, तिल बहादुर गुरुङ ,हिमाल सिजापती ,अञ्जली गुरुङ पार्बती पाण्डे रहेका छन् ।
साथै, क्लबले निर्बतमान अध्यक्ष सन्जय गुरुङको सयोजकत्वमा ९ सदस्यीय सल्लाहकार समिती गठन समेत छ । जसको सदस्यहरूमा डेग बहादुर सारु, रमेश पाण्डे, पदम सारु, धन प्रसाद गुरुङ, ध्रुव न्यौपाने, दल बहादुर सारु र चन्द्रकान्ता पाण्डे रहेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology