भनिन्छ, वर्गिय साइनो रगतको भन्दा गाढा र दिगो हुन्छ । तपाइको जेल भित्रको मृत्युले स्तब्ध बनाएको छ । तपाईप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु । अक्सर मृत्युपछि जीवन र जीवनपछि मृत्यु हुनु प्राकृतिक नियम हो भन्ने बुझ्दा बुझ्दै पनि लामो समय सहकार्य गरेको सहयोद्धा कमरेडको मृत्युको खबर सुन्दा ठूलो चोट पुगेको छ । तपाई दिल्ली विश्व विद्यालय र म जवहारलाल नेहरु विश्व विद्यालयमा रहेपनि वर्गिय नाताले हामी नजिक थियौं ।
क्रान्तिकारी आन्दोलन र अध्ययनका सामग्री साटासाट तथा सँगै खाना खाएको र बसेको याद झलझल आउने गर्छ । सम्झिदा असह्य पिडाबोध पनि हुन्छ । मृत्युपछि मानिसको मूल्याङ्कन गर्दा अलि मनोगत होला । तर मलाई के डर लागिरहेको छ भने प्रोफेसर कमरेड गोकर कोण्डा नागा (जि.एन) साइवावा बारे जति नै मूल्याङ्कन गरेपनि उहाँको लागि कमै हुन्छ ।
प्रजातन्त्रको खोल ओेडेको भारत सरकारले त्यहाँका प्रगतिशिल बुद्धिजिवी, लेखक, कलाकारलाई आफ्नो जेलमा बन्धक बनाएर राख्ने गरेको खबरले पीडा भएको थियो । तपाईँमा अपाङ्गता थियो, वरवर राव बिरामी हुुनुहुन्थ्यो, गौतम नवलेखा सहित उहाँहरु तीनै जना मेरा मित्र कमरेडहरु नागपुरको जेलमा भएको थाहा थियो । तपाई शारीरिक अशक्त भएकोले ह्विलचेयरमा कसरी जेल भित्र समय काट्नुहुन्थ्यो होला म त्यो कल्पना सम्म गर्न सक्दिन । झट्ट हेर्दा विचार र अपाङ्गताको सम्बन्ध नभए जस्तो देखिन्छ । तर यी दुई पारस्परिक सम्बन्धले नै अपाङ्गगतालाई सपाङ्गमा बदलिदिदो रहेछ ।
सही विचार नभएकाहरु पूर्ण स्वस्थ, बलियो हृष्टपुष्ट भएपनि साना साना कुरामा निराश भएर आत्महत्याको निर्णयमा पुग्दछन् । सही विचार समातेकाहरु बाँच्नुलाई मात्र महान उद्देश्य मान्दैनन्, वलिदान दिनपनि पछि नहट्ने र संसार बदल्न लागिपर्ने मध्येको साहासी वुद्धिजीवि तपाई पनि हो । दिल्लीको जन्तर मन्तरको प्रदर्शनबाट तपाई र मलाई गिरफ्तार गरी प्रतिक्रियावादीका भरौटेहरुले फरिदावाद वोर्डरमा लगेर छाडे, त्यतिबेला पनि तपाई ह्विलचेयरमै हुनुुहुन्थ्यो । अपाङ्ग हुँदाहुदै पनि प्रतिक्रियावादीको अमानवीय व्यवहारले पनि तपाई कतै विचलित हुनु भएन, तपाईको आत्मबल देख्दा मलाई पनि प्रेरणा मिल्यो ।
वर्गिय मुक्तिको लडाइमा हामी दुवै अलग–अलग देशका भएपनि आत्मियता र वर्गिय घनिष्टता बढी थियो । वर्ग संघर्षको भीषण आधीमय अवस्थामा हाम्रा विचार र जनताबीचको सम्बन्ध समान थियो । नेपालको जनयुद्धमा भारतीय वुद्धिजीविहरुको ठूलो भूमिका थियो ।
वर्गिय मुक्तिको लडाइमा हामी दुवै अलग–अलग देशका भएपनि आत्मियता र वर्गिय घनिष्टता बढी थियो । वर्ग संघर्षको भीषण आधीमय अवस्थामा हाम्रा विचार र जनताबीचको सम्बन्ध समान थियो । नेपालको जनयुद्धमा भारतीय वुद्धिजीविहरुको ठूलो भूमिका थियो । त्यसमध्येमा साहीवावा एक हुनुहुन्थ्यो । हामी दिल्लीको प्रशासनको निगरानीमा थियौं । गौतम नवलेखा, आनन्दस्वरुप वर्मा आर्का भूमिगत नेता क. राना र नेपालको तर्फबाट मेरा क्रियाकलापलाई प्रशासनले निगरानी गथ्र्यो । प्रशासनले प्रो.जी.एन. साहीवावा र मलाई निगरानी राख्ने हुँदा पटक–पटक गिरफ्तारी गर्ने र छोड्ने गरेको थियो । क.जी.एन्. साहीवावा र म बिच नेपालको जनयुद्ध र भारतको पिपुल्स वार बारे घण्टौं छलफल हुन्थ्यो र दुवैमा समानता र भिन्नताबारे पनि छलफल हुन्थ्यो । तर, उहाँ सधै नेपालको जनयुद्ध प्रति सकरात्मक हुनुहुन्थ्यो ।
थोरै प्रसंग बदलौं, तपाई शारीरिक अशक्त र कवि वरवर राव कोडिभ–१९ को संक्रमण भएको खबर क. रोना मार्फत थाहा पाएको थिए । तपाइहरुको जेलभित्र रेखदेख राम्रो नभएको अनुभूति हुन्थ्यो । शासकहरु कति कठोर हृदय र कमजोर दिमागका हुन्छन् भन्ने कुरा तपाइहरुको अवस्था हेरे पुग्छ । विश्व सामू आफूलाई प्रजातन्त्रको हिमायती ठान्ने शासकवर्ग आफ्नो कलम चलाउने, गीत गाउने ८३ वर्षिय वरवर राव तपाई जत्तिको शारिरीक अशक्तसँग डराइ रहेको छ ।
सन् १९९८ तिरको कुरा हो नेपालको जनयुद्ध तिव्र गतिमा अगाडी बढिरहेको थियो । म इन्टरनेशनल सोलीडारिटी फोरम आफ नेपालको संयोजक थिएँ । जुन पार्टीले जनयुद्धलाई समर्थन जुटाउन बनाएको मोर्चा थियो । म दिल्लीमा कार्यरत हुँदा नेपालको जनयुद्धलाई सहयोग गर्ने प्रो. साहीवावा, लेखक गौतम नवलेखा, आनन्द स्वरुप वर्गलाई मैले भुल्न सक्दिन ।
सन् १९९८ तिरको कुरा हो नेपालको जनयुद्ध तिव्र गतिमा अगाडी बढिरहेको थियो । म इन्टरनेशनल सोलीडारिटी फोरम आफ नेपालको संयोजक थिएँ । जुन पार्टीले जनयुद्धलाई समर्थन जुटाउन बनाएको मोर्चा थियो । म दिल्लीमा कार्यरत हुँदा नेपालको जनयुद्धलाई सहयोग गर्ने प्रो. साहीवावा, लेखक गौतम नवलेखा, आनन्द स्वरुप वर्गलाई मैले भुल्न सक्दिन । त्यतिबेला विभिन्न राजनीतिक र बुद्धिजीवि मानवअधिकारवादी प्रशान्त झा, सुदन भदौरिया, अजित झा, डा. कमलमित्र चिनोही, प्रो. मनोरञ्जन मोहन्ती, अनुतोष मिश्रा, मनिष सिशोदिया, योगेन्द्र शर्मा लगायत थुप्रै वुद्धिजीवि पत्रकार, डा. अर्पणा, पि.के. शाही, डि.वि.त्रिपाठी, डा. आनन्द कुमार वकिलसँगसँगै काम ग¥थ्र्यौं । अनेक मुद्दामा चर्को स्वरमा बहस गथ्र्यौ । तर नेपालको राजतन्त्र अन्त्यको लागि हुने आन्दोलनमा सबैको एक्यबद्धता थियो ।
भारतका नक्कली प्रजातन्त्रवादी सरकारले मलाई सन् २००१ सेप्टेम्बर ७ गते दिल्लीमा गिरफ्तार गरी रातारात नेपाल सरकारलाई सुपुर्दगी ग¥यो । यिनी सबैलाई मेरो हत्या हुन्छ भन्ने चिन्ता थियो । सीपीआइ, सीपीएन, लगायत कम्युनिष्ट घटक, स्वतन्त्र बुद्धिजीवि, पिपुल्स यूनियन फार डेमोक्रेसी राइट एग्म्च्, पिपुल्स यूनियन फर सिविल लिवर्टि एग्ऋी स्वयम् सुप्रिम कोटका मुख्य न्यायधिश वि.एम. तारकुण्डे र मेरो काङग्रेस (आइ) संग पनि राम्रो सम्बन्ध भएकोले मेरो गिरफ्तारीलाई लिएर उहाँ सबैको आवाजले त्यतिबेला भारतको ससदनै अवरुद्ध भयो । साथीहरुले दिल्लीमा ठूलो आन्दोलन गरे, मेरो परिवारलाई लगेर मुद्दा दर्ता गरे, मेरो अवस्था सार्वजनिक गर्न तत्कालिन शाही सरकारलाई बाध्य पार्ने र राजतन्त्रको अन्तको लागि पनि भारतीय वुद्धिजीवि पत्रकार, मानव अधिकारवादी राजनीतिक दल आन्दोलित छन् भन्ने आभास दिलाए । यो मेरो अथक मेहनतको उपज थियो मेरो सम्पत्ति थियो । कतिपय साथीहरुसँग अहिले पनि झबष्,ि धजबतकबउ को माध्यमबाट सम्पर्क हुन्छ । यिनी मध्ये प्रोफेसर साहीवावा र सिताराम यचुरी दुवैको मृत्यु भएको छ । आनन्द स्वरुप वर्मा अशक्त हुनुहुन्छ । त्यसैले क्रान्तिकारी आन्दोलनसँग जोडिएका साथीहरुलाई जेल हालेको छ । त्यहाँको सरकार अहिले ८३ वर्षिय वरवर राव जस्ता न्यायप्रेमि, वुद्धिजीविलाई जेलमा राखेर एउटा स्मारक बनाउन उद्धत छ । यो प्रजातन्त्रको लागि सरकारको कुप्रयासले तपाइहरुले पाउनु भएको जेल यातना, आजीवन, कारावास कतै मृत्यु सजायमा परिणत त हुदैन भन्ने आशंकाले मन चिसो बनाएको थियो, आखिर त्यही सावीत भयो । यतिवेला म सत्य कहिले र कसरी बाहिर आउला भन्ने प्रतिक्षा गरिरहेको छु ।
जनयुद्धताका कमरेड राव युद्धको आधारभुमि मानिने रोल्पा आउनुभयो । म त्यही क्षेत्रमा कार्यरत हुँदा र भेट्दा खुशी लाग्यो । अहिले रोल्पाली भूमिबाट जनयुद्ध लडेको पार्टी तपाइहरु प्रति बेखबर छ । मेरो मनले खटाउन सकेन नेपालको पत्रिका र दिल्लीबाट प्रकाशन हुने हिन्दुस्तान र जनसत्तामा भावनात्मक लेख लेखेर भएपनि तपाइहरुको रिहाइको माग गरे, यसैबीच अचानक मैले अरुन्धती रायको अंग्रेजीमा लेखेको पत्र पढ्न पाए र मन थाम्न सकिन अनि उहाँ मार्फत तपाइको खबर लिइरहेँ ।
म हापुरको वार्तामा जेलबाट छुटेको थाहा पाएर गौतम नवलेखा दिल्लीबाट प्रदभरत्न तुलाधरको सम्पर्कबाट काठमाण्डौं आएर मलाई हिमालयन होटेलमा भेटेको सम्झन्छु । स्नेही भेटमा मैले त्यहीबेला प्रो.साहीवावा र आनन्द स्वरुप वर्माको बारेमा सोधे र साहीवावाले बनाएको आपको अचार अनि सँगै खाना खाएको प्रसङ्ग जोडे । अहिले पनि त्यो दिन मलाई स्मरण छ । जे होस् नेपालको वर्ग संघर्षमा उहाँहरु मात्र नभएर त्यतिबेला सत्ताबाहिर भएका पार्टीको पनि भूमिकालाई कम आँकलन गर्न सकिदैंन । त्यसमध्ये प्रोफेसर एस.डी.मूनि पनि एक पात्र हुन् । तपाइहरुको भौतिक जीवनको सुरक्षा ग्यारेण्टी छैन, उनीहरु कुनैपनि बाहनामा तपाइहरुको हत्या गर्न सक्छन् भनेको लेख अहिले स्मरण गर्दै छु । कतै तपाइको यातनाबाट हत्या भएको त होइन ? तपाइहरु आतङ्कवादी पनि होइन, अपराधी पनि होइन, प्रगतिशिल विचारको पङ्तिमा उभिनु भएको लेखक बुद्धिजीवि भएकोले न्यायप्रेमी जनताको माझबाट तपाईहरुमा उच्च सम्मान छ ।
श्रमले उत्पादनशिलता र मेहनतको आम अर्थ जनाउँछ भने बुद्धि श्रमबाट उत्पन्न चेतना हो । यसकारण वौद्धिक श्रम विशेष किसिमको श्रम हो । फेरी श्रम नै उत्पादनको सारत्व हो । यिनी दुवै खाले सकीर्णता र अतिवादी सोंचाइको प्रभाव स्वरुप श्रम भन्ने बित्तिकै हात खुट्टाले गर्ने श्रमलाई मात्रै लिने गरिन्छ, दिमागबाट गर्ने श्रम बिर्सिन्छ । यसरी समाज रुपान्तरण गरिने साहित्यकला लगायत सिर्जनाको बौद्धिक कर्मबाट उत्सर्जित प्रगतिवादी गुणात्मक परिवर्तनलाई बदनाम गर्ने प्रयास भएका छन् । यस्तो वौद्धिक कर्मबाट उत्सर्जित आतङ्कवादको हाउगुजी बनाउँदै क्रान्तिबारे सर्वसाधारण मजदुर किसान वर्गमा भ्रम छर्ने काम भएको छ । वस्तुवादी ढङ्गलेसही मूल्याङ्कन गर्ने क्षमताको विकास गर्नु श्रमजीवि बुद्धिजीविहरुका निम्ति चुनौती बनेको छ ।
खासगरी साहीवावा र म बीच यिनै गम्भिर मुद्दाहरुमा वहस चलिरहन्थ्यो । यस्ता शारीरिक अपाङ्गता भएका बुद्धिजीवि प्रो.जी.एन. साहीवावा र अर्का वुद्धिजीवि वरवर रावलाइ जेलमा राखेर पत्रपत्रिका सम्म पढ्न दिइएन । मानसिक यातना दिइयो । साहीवावाको मृत्यु भैसक्यो । बाँकी रहेका बुद्धिजीवि कलाकारलाई छोदिएन भने भारत मात्र होइन विश्वका प्रगतिशिलहरुले भारतीय शासकवर्ग प्रति घृणा गर्नेछन् । बौद्धिकशक्तिसँग शासकवर्ग कति डराउने रहेछन् भन्ने यही प्रमाण हो । तपाइहरुको विचार फलामे वारलाई प्रतिक्रियावादीले रोक्न सक्ने छैन । तपाइले सिर्जना गरेका साहित्य लेख भारतमा मात्र नभएर विश्वभर लाखौं करोडौं बिच गुञ्जिइरहनेछ । अन्तमा प्रोफेसर जी.एन. साहीवावा प्रति नेपाली जनताको तर्फबाट भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै, जेलभित्र रहेका कमरेडहरुले स्वास्थ्यको ख्याल गर्दै उच्च मनोवल बनाउनु होला । विजय तपाईहरुको हुनेछ ।