Logo

२०८३, श्रावण २७गते


images
images

देवदहमा हरित उद्यम सम्बन्धी बन्द प्रशिक्षण हुँदै, नौ विद्यालयका विद्यार्थी सहभागी हुने

देवदहमा हरित उद्यम सम्बन्धी बन्द प्रशिक्षण हुँदै, नौ विद्यालयका विद्यार्थी सहभागी हुने

images
  • देवदहमा हरित उद्यम सम्बन्धी बन्द प्रशिक्षण हुँदै, नौ विद्यालयका विद्यार्थी सहभागी हुने
    images
    images

    देवदह । देवदहका विद्यार्थीहरूलाई हरित युवा उद्यमशीलता सम्बन्धी तीनदिने बन्द प्रशिक्षण गरिने भएको छ । सोमबार समृद्ध समुदाय विकास केन्द्रको आयोजनामा देवदहका नौ वटा माध्यमिक विद्यालयका कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई प्रशिक्षण दिन लागिएको हो । 

    images
    images
    images

    युवा शसक्तिकरण र शिक्षा क्षेत्रमा काम गरिरहेको समृद्ध समुदाय विकास केन्द्रले वातावरणलाई बचाउँदै हरित उद्यमशीलतामा युवालाई जोड्नको लागि प्रशिक्षण कार्यक्रम आयोजना गरिएको केन्द्रका अध्यक्ष ठाकुर घिमिरेले जानकारी दिए । 

    images
    images
    images

    ‘विश्वमा बढिरहेको वातावरणिय प्रदुषण कम गर्न र युवाहरूलाई यसको महत्वबारे बोध गराउँदै देशमै केही गरौं भन्ने भावनाको विकास गराउन तीनदिने प्रशिक्षण आयोजना गरिएको हो ।’ अध्यक्ष ठाकुरले भने, ‘यसले सम्भावनाको खोजी गर्नेछ, सुनौलो सपना युवाहरूलाई देखाउने छ र आजको युवालाई भोलिको संसारबारे परिचित बनाउने छ ।’

    images
    images
    images

    कार्यक्रमको सहजीकरण गो जेब्रा डेनमार्ककी निर्देशक लि मेथै जेन्सनले गर्नेछन् । साथै नवप्रवद्र्धनमा जोडिएका हरित युवा उद्यमीहरूसंग समेत प्यानल डिस्कसनसंगै अनुभव आदानप्रदानसमेत हुने आयोजकले जनाएको छ  । 

    तीन दिनसम्म संचालन हुने प्रशिक्षणमा २७ जना विद्यार्थीसहित ४० जनाको सहभागीता रहने केन्द्रका निर्देशक युवराज चापागाईंले जानकारी दिए । 

    देवदह नगरपालिकासँगको संयोजनमा सञ्चालन हुने कार्यक्रमका लागि स्कुल लाइफ नेपाल, डेनमार्कले आर्थिक सहयोग गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # हरित उद्यम
  • # देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।