नवीन लुइँटेल, देवदह । अविरल बर्षाका कारण ६ दिन देखि अबरुद्द पुर्ब पश्चिम लोकमार्ग खण्ड संचालनका लागि देवदहको घोडाहामा डाइभर्सन निर्माण कार्य सुरु गरिएको छ ।
भदौ १० गते राति परेको भिषण बर्षाका कारण देवदहको घोडाहा खोलाको पुल भासिएको थियो भने थुप्रै ठाउँमा डाइभर्सन समेत बगाएको थियो । 
हाल लामो धुरीका सवारी साधनले बैकल्पिक मार्ग प्रयोग गरिरहेका छन् । डाइभर्सन निर्माणका लागि एक हप्ता लाग्न सक्ने देवदह प्रहरी चौकीका इन्चार्ज गङ्गा बहादुर सारुले सेतोमसीलाई जानकारी दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology