Logo

२०८३, आश्विन ९गते


images
images

सडक मानवमुक्त देश बनाउने संकल्प, उद्धार टोलीलाई देवदहमा स्वागत

सडक मानवमुक्त देश बनाउने संकल्प, उद्धार टोलीलाई देवदहमा स्वागत

images
  • सडक मानवमुक्त देश बनाउने संकल्प, उद्धार टोलीलाई देवदहमा स्वागत
    images
    images

    देवदह । सडक मानव मुक्त अभियान मेची महाकाली उद्दार यात्राको टोलिलाई देवदहमा स्वागत गरिएको छ । शुक्रबार देवदहको मदन आश्रीत सभाहलमा एक कार्यक्रमको आयोजना गरि मानव सेवा आश्रम द्धारा परिचालित टोलिलाई स्वागत गरिएको हो ।

    images
    images
    images

    स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै देवदह नगरपालिका प्रमुख धु्रव प्रसाद खरेलले सडकमा रहेका बेसहारा नागरिकको सहारा बनेर उद्दार अभियानमा खटिएको भन्दै मानव सेवा आश्रमको अभियान टोलिको प्रशंसा गरे । 
    टोलीलाई नगरप्रमुख खरेल, उपप्रमुख विद्या लक्ष्मी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा, वडा अध्यक्ष कृष्ण प्रसाद सापकोटा, दिपक नेपाल लगाएत नगरको टोलीले संयुक्त रुपमा स्वागत गरेको हो ।

    images
    images
    images

    आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारी, चर्चित गायिका आनी छोइङ डोल्मासँगै मानव सेवा आश्रमका सदस्यहरु सम्मिलित टोलीले सडकमा भेटिएका बेसहारा, अशक्त, असहाय, अभिभावक विहीन, मानसिक तथा सामाजिक रूपमा कमजोर सडक आश्रित मानवलाई उद्धार गर्दै आएको छ ।

    images
    images
    images

    ५० भन्दा बढि उद्धारकर्मीहरु रहेका छन् । मानवसेवा आश्रमको ७ प्रदेशका १० जिल्लामा २५ वटा सेवा केन्द्रहरू सञ्चालित छन् । पहिलो मेची महाकाली राष्ट्रिय उद्धार यात्राको क्रममा सात सय ५८ जनाको उद्धार भएको थियो भने अघिल्लो वर्ष सम्पन्न उद्धार यात्राको क्रममा तिन सय ४ जनाको उद्धार गरिएको थियो ।

    यो पटकको उद्धार यात्राको खर्च आनी छोइङ डोल्मा फाउन्डेसनले सौजन्य गरेको छ । मानव सेवा आश्रमले आगामी वर्ष अर्थात् बि.सं. २०८२ साल भित्र नेपाललाई सडकपेटी र सार्वजनिक स्थलहरुमा कष्टपूर्ण जीवनयापन गर्नेहरु बाट मुक्त देश बनाउने सङकल्प गरेको जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।