Logo

२०८३, श्रावण २७गते


images
images

रास्वपाले तत्कालका लागि सडक प्रदर्शन रोक्यो

रास्वपाले तत्कालका लागि सडक प्रदर्शन रोक्यो

images
  • रास्वपाले तत्कालका लागि सडक प्रदर्शन रोक्यो
    images
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सडक प्रदर्शनलाई तत्कालका लागि स्थगित गरेको छ । गत शनिबारदेखि पोखरामा दिनहुँ प्रदर्शन गरेको रास्वपाले शुक्रबार काठमाडौंमा विरोध गरेको थियो ।

    images
    images
    images

    सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको जनाउँदै विरोध प्रदर्शन गर्दै आएको रास्वपाले अबका विरोध कार्यक्रम केन्द्रीय समितिको बैठकले निर्णय गर्ने जनाएको छ । रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले भने ‘पोखराबाट सुरु भएको विरोध प्रदर्शनलाई आज काठमाडौंमा निरन्तरता दियौं । अबका कार्यक्रम केन्द्रीय समितिको बैठक बसेर निर्णय गर्छौं ।’

    images
    images
    images

    काठमाडौं जिल्ला समिति आयोजक र केन्द्रीय सदस्य पुकार बम संयोजक भएर शुक्रबारको विरोध कार्यक्रम गरिएको थियो । विरोध प्रदर्शनलाई उपत्यकाव्यापी बनाउने गरी पार्टीले निर्णय लिने श्रेष्ठले बताए । 

    images
    images
    images

    रास्वपा सभापति लामिछानेलाई सहकारी ठगी प्रकरणमा २ कात्तिकमा प्रहरीले पक्राउ गरेको थियो । जिल्ला अदालत कास्कीले थप अनुसन्धानका लागि दुईपटक समयावधि थपेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।