गुल्मी । विगत एक महिना अघिबाट उडान स्थगित भएको रेसुङ्गा विमानस्थलमा उडान सुचारु भएको छ । खराब मौसमको कारण असोज ४ गतेदेखि रेसुङ्गामा लगातार उडान अवरुद्ध हुँदै आएको थियो ।
मौसममा सुधार आएको भन्दै बुधबार र शुक्रबार उडान सुरु गरेको नेपाल एयरलाइन्स रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले बताए । चाडपर्वको समयमा लगातार उडान अवरुद्ध हुँदा यात्रुहरुलाई सास्ती भएको थियो ।
रेसुङ्गा विमानस्थलका लागि काठमाडौंबाट बिहान ६ः३० बजे र काठमाडौंका लागि बिहान ७ः४५ बजे उडान हुने भएपनि बिहानी समयमा बादल लाग्ने गरेकाले लगातार उडान अवरुद्ध हुदैँ आएको थियो ।
हवाई यात्राका लागि गुल्मीबाट काठमाडौंका लागि ७ हजार ८० र काठमाडौंबाट गुल्मीका लागि ७ हजार दुई सय ८० रुपैयाँ भाडा लाग्ने गर्छ । रेसुङ्गा विमानस्थल नगरको सिमीचौर भन्ने स्थानमा रहेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology