Logo

२०८३, श्रावण २७गते


images
images

जिम्बाब्वेले तोड्यो नेपालको कीर्तिमान

जिम्बाब्वेले तोड्यो नेपालको कीर्तिमान

images
  • जिम्बाब्वेले तोड्यो नेपालको कीर्तिमान
    images
    images

    काठमाडौं । जिम्बाब्वेले टि ट्वान्टी आईमा सवार्धिक रन बनाउँदै नेपालको कीर्तिमान तोडेको छ ।

    images
    images
    images

    आइसिसी पुरुष टि ट्वान्टी विश्वकप अफ्रिका उप क्षेत्रीय छनोटमा गाम्बियाविरुद्ध ३ सय ४४ रनको योगफल तयार गर्दै नेपालले बनाएको कीर्तिमान तोडेको हो । नेपालले यसअघि टि ट्वान्टी आईमा एकै ईनिङमा ३ सय १४ रन बनाउदै सर्वाधिक योगफलको कीर्तिमान बनाएको थियो ।

    images
    images
    images

    सन् २०२३ सेप्टेम्बर २७ मा मंगोलियाविरुद्ध एसियन गेममा नेपालले यो कीर्तिमान बनाएको थियो । जिम्बाब्वेले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ३ सय ४४ रन बनाएको हो ।

    images
    images
    images

    जिम्बाब्वेका लागि कप्तान सिकन्दर राजाले ४३ बलमा ७ चौका र १५ छक्काको सहयोगमा नट आउट १ सय ३३ रन बनाएको इनिङमा ३ अर्धशतक प्रहार भएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।