Logo

२०८३, आश्विन १०गते


images
images

फाइनान्स र व्यापारबाहेक सबै समूहको परिसूचक घट्यो, कारोबार रकममा वृद्धि

फाइनान्स र व्यापारबाहेक सबै समूहको परिसूचक घट्यो, कारोबार रकममा वृद्धि

images
  • फाइनान्स र व्यापारबाहेक सबै समूहको परिसूचक घट्यो, कारोबार रकममा वृद्धि
    images
    images

    काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक २०.४१ अंकले घटेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार, आज नेप्से परिसूचक ०.७६ प्रतिशत घटेर २,६४५.३९ विन्दुमा बन्द भएको छ ।

    images
    images
    images

    नेप्से घटे पनि कारोबार रकममा वृद्धि भएको छ । आज ६ अर्ब २७ करोड ८९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । मंगलबार चार अर्ब १७ करोड १६ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

    images
    images
    images

    आज कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये फाइनान्स र व्यापार समूहको परिसूचक वृद्धि भएको छ । बाँकी सबै समूहको परिसूचक घटेको छ । फाइनान्स समूहको परिसूचक २.३२ प्रतिशतले वृद्धि भएको छ भने व्यापार समूहको परिसूचक ०.२५ प्रतिशतले बढेको छ ।

    images
    images
    images

    आज ७६ कम्पनीको सेयर मूल्य बढेको छ भने १५५ कम्पनीको सेयर मूल्य घटेको छ । १३ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।