Logo

२०८३, आश्विन ९गते


images
images

पर्यटन

ओझेलमा ऐतिहासिक कन्यामाई, बैरीमाई मन्दिर

ओझेलमा ऐतिहासिक कन्यामाई, बैरीमाई मन्दिर

images
  • ओझेलमा ऐतिहासिक कन्यामाई, बैरीमाई मन्दिर
    images
    images

    लुम्बिनी प्रदेशको देवदह नगरपालिकामा अवस्थित ऐतिहासिक, सांस्कृतिक र धार्मिक सम्पदाहरू मध्ये महत्वपूर्ण क्षेत्रको रुपमा कन्यामाई र बैरीमाई मन्दिरलाई लिने गरिन्छ । यी मन्दिरहरूले स्थानीय समुदायलाई मात्र नभई देशभरका धार्मिक पर्यटकहरूलाई पनि आकर्षित गर्दै आएका छन् । बौद्धकालीन इतिहाससँग जोडिएको प्रमुख स्थल देवदह भएका कारण पनि कन्यामाई र बैरीमाईको महत्व अझै बढि छ ।

    images
    images
    images

    यद्यपि, यी मन्दिरहरूको संरक्षण र विकासमा देखिएका समस्याहरूले यसको सांस्कृतिक धरोहरलाई क्षति पु¥याउँदै आएको छ । यी मन्दिरहरूको ऐतिहासिक पृष्ठभूमि, मौजूदा समस्या, भविष्यमा हुने सम्भावनाहरू र यिनको दीर्घकालीन संरक्षणका लागि आवश्यक पहल गर्न ढिलाई भैसकेको छ । 

    images
    images
    images

    कन्यामाई र बैरीमाई मन्दिरहरू लुम्बिनी क्षेत्रसँगको ऐतिहासिक सम्बन्धका कारण पनि महत्वपूर्ण मानिन्छन् । देवदह गौतम बुद्धको मातृगृह हो । जहाँ मायादेवी, प्रजापति गौतमी, यशोधरा लगायतले जीवन बिताएका थिए । यसैले, देवदहको कुनैपनि धार्मिक स्थललाई बुद्धकालीन सभ्यता र संस्कृतिसँग जोडिएको महत्वपूर्ण धरोहरका रूपमा हेर्ने गरिन्छ ।

    images
    images
    images

    कन्यामाई मन्दिर देवदह–७ शान्तिनगरमा अवस्थित छ । यस मन्दिरको धार्मिक महत्व प्राचिन एवम् बौद्धकालीन अवशेषहरूसँग जोडिएको छ । पुरातात्विक उत्खननबाट यहाँ बुद्धकालीन वस्तुहरू फेला परेका थिए । जसमा भाडाकुँडा, प्रस्तर मूर्तिहरू, र अन्य अवशेषहरू मुख्य रहेका छन् । स्थानीयका अनुसार कन्यामाई मन्दिरमा विशेषगरी नवविवाहित जोडीहरूले आशीर्वाद लिन आउने परम्परा छ ।

    बैरीमाई मन्दिर पनि त्यस्तै महत्वपूर्ण धार्मिक केन्द्र हो, जहाँ वर्षेनी भक्तजनहरूको ठूलो संख्या पूजा अर्चनाका लागि आउने गर्छन् । यो प्राचीन धार्मिक स्थलहरू मध्ये एक मानिन्छ । यसको धार्मिक आस्थाले स्थानीय समुदायलाई मात्र नभई अन्य क्षेत्रका भक्तजनहरूलाई पनि जोडेको छ । 

    कन्यामाई र बैरीमाई मन्दिरहरूको विकास र प्रवद्र्धनको लागि पर्याप्त अवसरहरू छन् । यी अवसरहरूको पहिचान र सदुपयोग गर्न सकेमा मन्दिरहरूलाई धार्मिक, सांस्कृतिक, र पर्यटकीय केन्द्रका रूपमा विकास गर्न सकिन्छ ।

    १) धार्मिक पर्यटनको विकास : कन्यामाई र बैरीमाई मन्दिरहरूको ऐतिहासिकता र धार्मिक महत्वलाई ध्यानमा राख्दै धार्मिक पर्यटन विकासको अवसर छ । विशेष गरी लुम्बिनी क्षेत्रमा आउने पर्यटकहरूलाई देवदहका अन्य धार्मिक तथा पर्यटकीय स्थलहरुसँगै यी मन्दिरहरूमा पनि आकर्षित गर्न सकिन्छ । मन्दिरहरूको प्रचारप्रसारमा ध्यान दिएर धार्मिक पर्यटकहरूलाई देवदहमा होल्ड गर्नका लागि विशेषतः नगर सरकारले पहलकदमी लिनुपर्ने हुन्छ । जसले समग्र नगरपालिकाको आर्थिक वृद्धिका लागि टेवा पु¥याउँछ । 

    २) धार्मिक उत्सवहरूको विस्तार : कन्यामाई र बैरीमाईमा हाल नवरात्रको समयमा मात्र धार्मिक गतिविधिहरू हुने गर्छन् । तर यी मन्दिरहरूमा विविध प्रकारका धार्मिक उत्सवहरू आयोजना गर्न सकिन्छ । मन्दिरमा आयोजित सांस्कृतिक महोत्सव र धार्मिक पूजाआजाले भक्तजनहरूको संख्या बढाउने र स्थानीय समुदायलाई पनि यसमा संलग्न गराउन सकिन्छ ।

    ३) स्थानीय समुदायको सक्रियता : मन्दिरहरूको संरक्षण र विकासका लागि स्थानीय समुदायलाई संलग्न एवम् गतिशिल गराएर विकासका कामहरू अघि बढाउन सकिन्छ । मन्दिरहरूमा धार्मिक गतिविधि मात्र नभएर सामुदायिक सेवा र त्यससँग सम्बन्धित कर्महरु सञ्चालन गरेमा, मन्दिरले स्थानीय समाजलाई प्रत्यक्ष लाभ पु¥याउन सक्छ ।

    ४) अन्तर्राष्ट्रिय प्रचारप्रसार : कन्यामाई र बैरीमाई मन्दिरहरूको ऐतिहासिकतालाई अन्तर्राष्ट्रिय स्तरमा प्रचार गरेर यी स्थलहरूलाई विश्वकै पर्यटन गन्तब्यको रुपमा विकास गर्न सकिन्छ । बौद्ध धर्मसँगको सम्बन्धलाई केन्द्रमा राखेर प्रचारप्रसारलाई व्यापकता दिने हो भने विदेशी पर्यटक र धार्मिक समुदायहरूको ध्यान आकर्षित गर्न सकिन्छ ।

    मन्दिरहरूको वर्तमान समस्या र चुनौतीहरू : दशकौंको इतिहास बोकेका यी मन्दिरहरू धार्मिक आस्थाको केन्द्रबिन्दु बन्नुका साथै पर्यटनको महत्त्वपूर्ण स्रोत पनि बन्न सक्थे । तर, पछिल्ला केही वर्षयता विभिन्न समस्या र चुनौतीहरूका कारण यी मन्दिरहरू ओझेलमा परेका छन् । ति समस्या र चुनौतीहरुलाई यहाँ उल्लेख गरिएको छ ।

    १) भौतिक संरचना र पहुँचमा कमी : कन्यामाई मन्दिरसम्म पुग्ने बाटो अत्यन्तै खराब अवस्थामा छ । विशेष गरी बर्षातको मौसममा यो बाटो हिलाम्य हुन्छ, जसले गर्दा भक्तजनहरूलाई मन्दिरसम्म पुग्न असहज हुन्छ । मन्दिर परिसरसम्म चारपाङ्गे्र गाडीको सहज पहुँच पनि छैन, जसका कारण बृद्ध र असक्त व्यक्तिहरूलाई मन्दिरमा जान समस्या हुन्छ ।

    २) धार्मिक अनुष्ठानहरूमा नियमितता र विविधताको कमी : कन्यामाई र बैरीमाई मन्दिरहरूमा मुख्यतया दशैंको समयमा मात्र धार्मिक चहलपहल हुन्छ । नवरात्रको विशेष पूजामा स्थानीय तथा बाह्य भक्तजनहरूको ठूलो संख्यामा सहभागीता देखिन्छ । तर, वर्षको बाँकी समय मन्दिरहरू सुनसान रहने गरेको छ । नियमित धार्मिक कार्यक्रमहरू नहुँदा भक्तजनहरूको आकर्षणमा कमी आएको देखिन्छ ।

    ३) संरक्षण र व्यवस्थापनको अभाव : यी मन्दिरहरूमा रहेका प्राचीन अवशेषहरूको समुचित संरक्षण नगरिएको देखिन्छ । पुरातात्विक महत्वका अवशेषहरूको उचित संरक्षण नहुनु र मन्दिरको संरचनामा देखिने फाटफुट समस्या दीर्घकालीन अस्तित्वका लागि चुनौतीपूर्ण बनेको छ ।

    ४) पर्यटनको सम्भावनामा न्यून ध्यान : कन्यामाई र बैरीमाई मन्दिरहरूको धार्मिक, ऐतिहासिक, र सांस्कृतिक महतव रहेको भएपनि यसलाई पर्यटन विकासको केन्द्र बनाउन कुनै ठोस पहल गरिएको छैन । विशेष गरेर विदेशी पर्यटकहरूलाई लक्षित गर्दै पर्यटन प्रवर्धनका कामहरू नगरिएकोले यी स्थलहरूको अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार हुन सकेको छैन । यसरी यी समस्या समयमै समाधान नभए मन्दिरहरूको ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्त्व गुम्न सक्ने सम्भावना छ ।

    समाधानका उपायहरू :

    कन्यामाई र बैरीमाई मन्दिरहरूको दीर्घकालीन संरक्षण र विकासका लागि ठोस रणनीति आवश्यक छ । यी मन्दिरहरूलाई धार्मिक, पर्यटकीय, र सांस्कृतिक केन्द्रका रूपमा विकास गर्न निम्न उपायहरू आवश्यक देखिन्छ ।

    १) भौतिक संरचनाको सुधार : मन्दिरसम्म पुग्ने बाटोको निर्माण तथा सुधारको काम प्राथमिकतामा राख्नुपर्छ । वर्षातको समयमा आउने समस्याहरू समाधान गर्न सडकमा ढलको उचित व्यवस्थापन गर्नुपर्छ । भक्तजनहरूको सुविधाका लागि मन्दिरसम्म पुग्ने सार्वजनिक यातायातको व्यवस्था गर्न सकिन्छ ।

    २) धार्मिक कार्यक्रमहरूको नियमितता : मन्दिरमा वर्षभरि विविध धार्मिक कार्यक्रमहरू आयोजना गर्नुपर्छ । योसँगै, मन्दिरमा सांस्कृतिक कार्यक्रमहरू पनि गराउन सकिन्छ । जसले भक्तजनहरूको संख्यामा वृद्धि गर्नेछ । नयाँ पूजा पद्धति, भजनकीर्तन, र धार्मिक अनुष्ठानका कार्यक्रम आयोजना गरेर मन्दिरलाई भक्तजनहरुको नियमित आवतजावतको केन्द्रमा राख्नुपर्छ ।

    ३) पर्यटन प्रवर्धन : मन्दिरहरूको धार्मिक र सांस्कृतिक महत्व उल्लेख गर्दै देवदह नगरपालिकाले यी स्थलहरूको प्रचारप्रसार गर्नुपर्छ । विशेषगरी नगर सरकारले विदेशी पर्यटकहरूलाई लक्षित गर्दै मन्दिरहरूको पर्यटन सम्भावनाको उजागर गर्ने कंक्रिट योजना बनाउन आवश्यक छ ।

    ४) प्राचीन अवशेषहरूको संरक्षण : कन्यामाई र बैरीमाईमा रहेका पुरातात्विक महत्वका वस्तुहरूलाई संरक्षण गर्न ठोस कदम चाल्नुपर्छ । पुरातत्व विभागसँग मिलेर मन्दिर परिसरमा भएका पुराना वस्तुहरूको संरक्षण गर्नुपर्ने आवश्यकता छ ।

    ५) स्थानीय समुदायको सहभागिता : मन्दिरको विकासका लागि स्थानीय समुदायलाई प्रत्यक्ष संलग्न गराएर विकासका योजनाहरू अघि बढाउन सकिन्छ । मन्दिर व्यवस्थापन समिति, स्थानीय बासिन्दा, र देवदह नगरपालिकाको सहकार्यले दीर्घकालीन योजनाहरू अघि बढाउन सम्भव हुन्छ ।

    कन्यामाई र बैरीमाई मन्दिरहरू केवल धार्मिक स्थल मात्र नभई लुम्बिनी क्षेत्रका महत्वपूर्ण सांस्कृतिक र ऐतिहासिक धरोहर पनि हुन् र यी मन्दिरहरूको संरक्षण, विकास, र प्रचारप्रसारमा ध्यान दिएर धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्न सकिन्छ । धार्मिक नगरको रुपमा प्रस्तावित देवदहलाई यहाँका प्राचिन मन्दिरहरूको विकासले मात्र सार्थकता दिन सक्छन् । नगरको आर्थिक, सामाजिक र सांस्कृतिक उन्नतिमा समेत ठुलो भूमिका खेल्न सक्ने यस्ता क्षेत्रको दीर्घकालीन सोँच र ठोस योजनाहरू अघि बढाएर विकास गर्न आवश्यक देखिन्छ । त्यसतर्फ स्थानीय सरकार अग्रसर हुनुपर्ने देखिन्छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दिपक अर्याल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।