काठमाडौं । साफ वुमन्स च्याम्पियनसिप २०२४ मा नेपालले आज आफ्नो दोस्रो खेलमा माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ ।
आजको खेलमा नेपालकी प्रमुख फर्वाड सावित्रा भण्डारी (साम्बा) ले खेल्ने सम्भावना रहेको छ । यसअघि फ्रान्समा लिग खेलिरहेकी गोलमेसिन साम्बा भुटान विरुद्धको खेलमा सहभागी हुन पाएकी थिइनन् । साम्बा बिना नै मैदान उत्रिएको नेपाल भुटानविरुद्ध फिनिसिङमा चुक्दा गोल गर्न सकेको थिएन । उक्त खेल दुबैतर्फबाट गोलरहित बराबरीमा सकिएको थियो ।
उक्त खेलमा दुई खेलाडी घाइते हुनु नेपालका लागि दुर्भाग्य बन्यो । भुटान विरुद्ध घाइते हुँदै मैदान छाडेकि डिफेण्डर हिरा भुजेल र मिडफिल्डर दीपा शाहीको घुँडामा चोट रहेकोले उनीहरुले साफको बाँकी खेल गुमाउनेछन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology