काठमाडौं। साफ वुमन्स च्याम्पियनसिप-२०२४ मा भाग लिन बंगलादृशको टिम मंगलबार काठमाडौं आइपुगेको छ। टोलीलाई एन्फा प्रवक्ता सुरेश शाह लगायतले त्रिभुवन विमानस्थलमा स्वागत गरे।
च्याम्पियनसिप खेल्न पाकिस्तान र माल्दिभ्स यसअघि नै नेपाल आइपुगिसकेका छन् भने अन्य टोली आउने क्रम जारी छ ।
श्रीलंका र भारतको टोली आजै आइपुग्नेछ भने भुटानी टोली बुधबार काठमाडौं आइपुग्नेछ। साफ वुमन्स च्याम्पियनसिपको सातौं संस्करण कात्तिक १ देखि १४ गतेसम्म दशरथ रंगशालामा हुनेछ।
साविक विजेता बंगलादेश समूह ‘ए’मा छ। यस समूहमा सर्वाधिक ५ पटकको विजेता भारत अनी पाकिस्तान छन्। यस्तै समूह बी मा घरेलु टोली नेपालसँगै भुटान, माल्दिभ्स र श्रीलंका छन् ।
च्याम्पियनसिपको उद्घाटन खेल बिहीबार भारत र पाकिस्तानबीच हुनेछ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology