सन्तोाष सुनार, प्युठान । प्युठानको एक होटलमा खाजा खाँदा सुरक्षाकर्मी र स्वास्थ्यकर्मी सहित १७ जना बिरामी परेका छन् । माण्डवी गाउँपालिका –३ लामाचौर स्थित आकाश होटल तथा फ्रेस हाउसमा खाजा खाएका ग्राहकहरु बिरामी भएका हुन् ।
खाजा खाएर बिरामी भएकाहरु जिल्ला अस्पताल प्युठान, रिलेशन पोलिक्लिनिक जस्पुर र प्राथमिक स्वास्थ्य केन्द्र भिंग्रीमा उपचारको लागि भर्ना भएको माण्डवी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ध्रुव पोखरेलले जानकारी दिए ।
उनीहरू होटलमा असोज ३० गते बेलुकाको समयमा खाजा खान गएका ग्राहकहरु बिरामी परेका थिए । होटलमा २ जना प्रहरी, १ जना स्वास्थ्यकर्मी र १४ जना सर्वसाधारणले खाजामा चाउमिन खाएको सो होटल संचालक डोर बहादुर खत्रीले बताए ।
खत्रीले ३ वर्ष अघि देखि सोहि ठाउँमा होटल संचालन गर्दै आएको बताउदै हालसम्म यस्तो घटना नभएको बताए ।
घटना बाहिरिएसंगै माण्डवी गाउँपालिले होटलको अनुगमन गरि केहि खाद्य सामग्रीहरु जफत गरेको शाखा प्रमुख पोखरेलले जानकारी दिए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology