Logo

२०८३, आश्विन ९गते


images
images

संस्मरण

बाल्यकालको दशैं

बाल्यकालको दशैं

images
  • बाल्यकालको दशैं
    images
    images

    बाल्यकालमा दशैंको आगमनको सङ्केत भनेको रेडियोमा गुन्जिने मालश्री  धुन नै थियो । यो धुन बज्न थालेपछि गाउँमा चाडपर्वको सुरूवातको भैसकेको जस्तो लाग्थ्यो । हाम्रो मनमा दशैंको उत्साहले भरिन्थ्यो । यो धुन शान्ति र नारी शक्तिको प्रतीकको रूपमा परिचित छ । मालश्री जुन प्रायः देवी दुर्गाको आराधनाका लागि बजाइन्छ।  

    images
    images
    images

    विजया दशमी नेपाल र हिन्दू धर्मावलम्बीहरूको प्रमुख चाड हो, जसलाई बडा दशैं / ठूलो दशैं पनि भनिन्छ । यो चाड असत्यमाथि सत्यको विजयको प्रतीक मानिन्छ । पौराणिक कथाअनुसार, देवी दुर्गाले महिषासुर नामक राक्षसलाई पराजित गरेकी थिइन्, जसलाई असत्य र दुष्टताको प्रतीक मानिन्छ ।  

    images
    images
    images

    मेरो बाल्यकालको दशैंका दिनहरू सम्झिँदा स्याङ्जा वालिङ अर्मादीखोलाको मुहानतिर पर्ने गाउँको खुला आकाशमुनि मनाइने रमाइलो माहोल आँखा अघिल्तिर झल्किन्छ । दशैं नजिकिँदा नै हाम्रो गाउँमा एउटा चहलपहल सुरु भइसक्थ्यो। मोटरबाटो निर्माण भैसकेका थिइएन ।  गोरेटो र घोडेटो बाटोको सहारामा उकालो ओरालो गरिरहनुपर्ने हुन्थ्यो । कतै बर्षाको झरिले भत्काएका भित्तोहरु लेउ लागेर चिप्लिने ओरालो बाटोहरु हुन्थे । दशैंको आगमनसंगै जनश्रमदान जस्तै गरेर एउटा घरको एकजना बाटो सुधार गर्न जान पर्ने हुन्थ्यो । जब बाटोहरू मर्मत हुन थाल्थे, त्यही क्षणबाट मेरो मन दशैंको खुशीले घेरिन्थ्यो । घरका मानिसहरू माटो ल्याएर घर लिपपोत गर्न थाल्थे । कमेरो माटो खन्न जानेहरुको लामो लाइन लाग्थ्यो । अझ गेरु माटो त टाढा – टाढा किन्न जानुपर्ने हुन्थ्यो । प्राय: घरहरुमा तीन तहका माटोले लिपपोत गरिन्थ्यो । सबैभन्दा माथिल्लो स्थानमा कमेरो माटो त्यसपछि गेरुमाटो र घर नजिकै भेटिने रातो माटोले पोतिन्थ्यो । यसरी नयाँ माटोले सिंगारिएका घरहरू एउटा नयाँ उत्साहको प्रतीक हुन्थे, जुन चाडपर्वसँग जोडिएको विशेषताको एउटा पाटो हो ।

    images
    images
    images

    लट्ठे पिङको रोमाञ्चकता अझै सम्झन्छु । गाउँका मान्छेहरूले ठूला ठूला रूखहरू काटेर पिर्के पिङको संरचना बनाउँथे । र, त्यसको वरिपरि बालबालिकादेखि वृद्धहरूसम्मको जमघट हुन्थ्यो। हावा लाग्दै गर्दा पिङ खेल्दा त्यसको लय र जोसको अनुभव अद्वितीय थियो । लट्ठे पिङ दशैंको खास विशेषता हो । बाबियोको पयो हालेर देविस्थानको पिपलको बोटमा चचहुइ गरेको याद अझैपनी ताजा छ, जसले बालापनको रमाइलो अनुभवलाई एक पलका लागि पनि बिर्सन दिदैन । हाल रुख काटिएपछी उक्त स्थानको सुन्दरता एकाएक लोप भएर गएको छ ।

    बाल्यकालको दशैं आज सम्झँदा, त्यो उत्सवको सांस्कृतिक मूल्य र पारिवारिक निष्ठालाई अझ गहिराइमा बुझ्न सकिन्छ । दशैंको त्यो समय जसले हामीलाई माटो, पिङ, र सेल रोटीको भिन्न अनुभव दिएको थियो । श्रमदान गरेर बाटो बनाउने । चिटिक्क घर सिङ्घार्ने । सबैतिर उत्साह र उमंगका ति दिनहरू आज आँखा वरिपरी घुमिरहेका छन् । दशैंको स्मरण आफैंमा एउटा सौन्दर्य हो, जसलाई समयसँगै बिर्सन सकिन्न।

    सेल रोटी बनाउँदाका क्षणहरू पनि उस्तै जीवन्त थिए । रोटी बनाउने योजना एकहप्ता अघि देखिनै सुरु हुन्थ्यो । चामल कुट्ने मिलमा लगेर पिसाउने र मिलमा नलैजानेहरुले घरमै ढिकि र जाँतोमा कुटाउने पिसाउने गर्ने चलन थियो । आफ्नै घरमा शुद्ध घिउबाट रोटी बनाउँदा घरभित्र रोटीको मीठो बास्नाले मेरो मन लोभ्याउँथ्यो । यो मिठाईले दशैंको मिठासलाई थप बल दिन्थ्यो, जहाँ हामी सबै परिवारले मिलेर खान्थ्यौं । 
     
    विदेशमा रहेका  दाजुभाइहरू  आफन्तहरु दशैंमा घर फर्किन्थे । यो एउटा विशेष पल थियो, जहाँ उनीहरूकै आगमनसँगै घरभरि रमाइलो र उमंगको वातावरण छाउँथ्यो । नयाँ नयाँ नोटहरू आशिर्वादसँगै पाउनु एउटा परम्परागत र खुशीको क्षण थियो, जसले हाम्रो बालापनको दशैंलाई अझ स्मरणीय बनाउँथ्यो । बाल्यकालमा नयाँ  नोट पाउनु निकै खुसिको कुरा बन्थ्यो । गाउँघरका सामान्य परिवारमा नयाँ नोट पाउनु र नयाँ  लुगा लगाउनको निम्ति पुरै एकसाल पर्खनुपर्ने थियो । एकसालसम्म पर्खेर पाएको खुसीको अन्दाज तपाईं आफैं पनि गर्न सक्नुहुन्छ ।

    दशैं मात्र उत्सव नभएर एउटा सांस्कृतिक एकता र परिवारको मायाको परिपूर्ण हो । बाल्यकालमा हामीले दशैंलाई केवल रमाइलो चाडका रूपमा देख्यौं तर अहिले बुझ्दैछु, यो चाडले हामीलाई संस्कार, मूल्य र परिवारप्रतिको निष्ठा सिकाउँछ । दशैंमा मन्दिरहरू विशेष रूपले सिंगारिन्थे । कोत देवलहरु पुजिन्थे । यस्ता परम्परा नेपाली चाडपर्वका स्थानमा  महत्वपूर्ण पाटा हुन । 

    नेपाल जातिय र भाषिक विविधता भएकोले फरक फरक स्थान मौलिक तरिका चाडबाड मनाउने चलन बन्यो । केहि समुदायमा देवीको भाकल गरेर पूरा भैसकेपछि पञ्चवली पनि दिइने चलन छ । आजकल भने यस्ता परम्परामा थोरै गिरावट भने आएको छ । आजकल पहिले जस्तो नवरात्री पुजा तथा कालारात्री जागा रहने चलन हट्दै गएको देख्न सकिन्छ भने परदेश गएका आफन्तहरु पनि जुनसुकै समयमा घर फर्किने भएकोले पहिले जस्तो भेट्घाट जमघटको उर्जा आजकल भेटिदैन । मेरो बाल्यकाल ताका रेडियोमा मालसिरी धुनले आकाशमा गुञ्जिँदै गर्दा, गाउँघरमा सबैले नयाँ ऊर्जा प्राप्त गर्थे । परम्परागत संगीत, ढोल, मादलको धुनले गाउँभरि एउटा अद्भुत माहोल बनाउँथ्यो ।  

    दशैंको मुख्य आकर्षण भनेको परिवारका ठुलावडाहरूबाट आशिर्वाद पाउनु नै थियो । त्यो क्षण, जहाँ हामी आफ्ना आदरणीय व्यक्तिबाट नयाँ उमंग र आशीर्वाद ग्रहण गर्थ्यौं । अनि आशा गर्थ्यौं, अर्को साल अझै रामाइलो हुनेछ । गाँउको लङ्गुर बुर्जा खेलाउने चौतारीमा गाउँका सबैजना उपस्थित भएर झण्डी बुर्जाको दाउ लगाउदा मैले पनि केही पैसा गुमाएको सम्झना ताजा छ ।

    आजकल मैले लङुरबुर्जा खेलेको चौतारी सुनसान छ । लिपपोत गरेको घर भत्केको छ । मैले ढुङ्गाले चिनेर उकालो बनाएका बाटाहरु मेटिएका छन् । लट्ठे पिङ खेलेको पिपलको रुख काटिएकोको छ । उबेला लङ्गुर बुर्जा खेलाउने साथीहरु अहिले  खाडी, कोरिया युरोप, अमेरिका र अस्ट्रेलिया पुगेका छन् । म पनि खाडीमा छु र बिगत केही सालदेखि दशैंको बेला निधार खाली राखेको छु । विद्यालयमा मुक्कामुक्की गर्ने एकाध साथीहरुले निर्जिव शुभकामना म्यासेन्जरबाट पठाउँछन् । म बाल्यकालको दशैं सम्झन्छु । घरी मुस्कुराउँछु, घरी टोलाउँछु । 

    बाल्यकालको दशैं आज सम्झँदा, त्यो उत्सवको सांस्कृतिक मूल्य र पारिवारिक निष्ठालाई अझ गहिराइमा बुझ्न सकिन्छ । दशैंको त्यो समय जसले हामीलाई माटो, पिङ, र सेल रोटीको भिन्न अनुभव दिएको थियो । श्रमदान गरेर बाटो बनाउने । चिटिक्क घर सिङ्घार्ने । सबैतिर उत्साह र उमंगका ति दिनहरू आज आँखा वरिपरी घुमिरहेका छन् । दशैंको स्मरण आफैंमा एउटा सौन्दर्य हो, जसलाई समयसँगै बिर्सन सकिन्न।

    आजकल मैले लङुरबुर्जा खेलेको चौतारी सुनसान छ । लिपपोत गरेको घर भत्केको छ । मैले ढुङ्गाले चिनेर उकालो बनाएका बाटाहरु मेटिएका छन् । लट्ठे पिङ खेलेको पिपलको रुख काटिएकोको छ । उबेला लङ्गुर बुर्जा खेलाउने साथीहरु अहिले  खाडी, कोरिया युरोप, अमेरिका र अस्ट्रेलिया पुगेका छन् । म पनि खाडीमा छु र बिगत केही सालदेखि दशैंको बेला निधार खाली राखेको छु । विद्यालयमा मुक्कामुक्की गर्ने एकाध साथीहरुले निर्जिव शुभकामना म्यासेन्जरबाट पठाउँछन् । म बाल्यकालको दशैं सम्झन्छु । घरी मुस्कुराउँछु, घरी टोलाउँछु । 

    अन्तमा, दशैं भनेको केवल रमाइलो चाड मात्र होइन । यो हाम्रो परिवार, समाज र संस्कृतिको साझा धरोहर हो, जसले हामीलाई हाम्रो बाल्यकालका ती सुन्दर सम्झनाहरूमा फर्काउँछ। आफन्त परिवार साथीभाइसंग पुनर्मिलन गराउँछ । जो जहाँ हुनुहुन्छ,  विजया दशमी हर्ष उल्लासका साथ दशैं मनाउनुहोस् ।  हार्दिक शुभकामना ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।